arrow

दोलखामा कांग्रेस र माओवादी मिल्दा एमालेको सातो गयो

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
cong-maobadi.jpg

दोलखा। २० वर्ष पछि हुन लागेको स्थानीय तह निर्वाचनमा दोलखालाई आफ्नो लालकिल्ला बनाउँदै आएको एमालेको यस पटक भने सातो गएको छ। ७ गाउँपालिका र २ नगरपालिका रहेको दोलखामा २ सत्तारुढ दलहरु माओवादी केन्द्र र नेपाली काँग्रेसको चुनावी तालमेलले सबै तहको नेतृत्व कब्जा गर्ने र आफ्नो पार्टीलाई गम्भीर धक्का पर्नसक्ने देखिएपछि एमाले अताल्लिएको हो।

 

पार्टीभित्र चरम गुटबन्दीका कारण उम्मेदवार छनोट गर्नै ठुलो सकस परेको एमाले आफैं अन्तर्घातको भयमा छ। त्यसैमाथि सत्तारुढ काँग्रेस माओबादीको गठबन्धनले उसमा झनै बढी त्रास बढेको जिल्लाका राजनीतिक जानकारहरुले बताउने गरेका छन्। उम्मेदवारका आकांक्षीहरुले नै सहयोग नगरेपछि यतिबेला ठुलो कष्टका साथ टिकट हात पारेका उम्मेदवारहरु समेत अन्तर्घात हुनेतर्फ चिन्तित छन्। 

 

एमालेका उम्मेदवार त्रसित भईरहेको बेलामा नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरु भने यही मौकाको फाइदा उठाइरहेका छन्। दोलखाको सबैभन्दा धेरै मतदाता रहेको भीमेश्वर नगरपालिकामा २ दलको गठबन्धनका कारण एमालेका उम्मेदवार भरत केसी ठुलो चिन्तामा छन्। मेयरका आकांक्षीहरु हरिवंश चौलागार्इँ र राजेन्द्र मानन्धरले उम्मेदवार केसीलाई सहयोग नगर्ने प्रष्ट केही कार्यकर्र्ताहरुले लख काटेका छन्।

 

पत्रकारिता मार्फत् राजनीतिमा उदाएका नेता राजेन्द्र मानन्धरले सहयोग नगर्ने बित्तिकै चरिकोट बजार र आसपासका क्षेत्रहरुवाट केसीको मुखमा पहिलो ढुंगा नै लाग्ने विश्लेषण विपक्षीहरुको छ। त्यस्तै पार्टीका सचिवालय समेत रहेका हरिवंशले जिलुबाट सहयोग नगर्दा केसीले अर्को ठुलो असहयोग पाउने आकलन पनि उनीहरुको छ। हालको वजार हल्ला र केही एमाले कार्यकर्ताका अनुसार पदमा बस्दा भरत केसीले कुनै गतिला काम गर्न सकेनन्। जिल्ला कमिटीको सचिव रँहदा पनि उनले भरपर्दाे जिम्मेवारी पुरा नगरेको आरोप लाग्ने गरेको छ।

 

उनको विपक्षमा कांग्रेस माओवादी गठबन्धनले भने कांग्रेसका जिल्ला नेता ईश्वरनारायण मानन्धरलाई उठाएको छ। एमालेको किचलो यस्तैगरी चुलिँदै जानेहो भने विपक्षीहरुले एमालेको लालकिल्ला सहजै तोड्ने आकलन धेरैले गर्ने गरेका छन्। तरुणदलको केन्द्रीय सचिव समेत बनिसकेका मानन्धर कांग्रेसको १३ औँ जिल्ला अधिबेशनमा सभापतिका प्रत्यासी समेत थिए। मानन्धरको उम्मेदवारीलाई माओबादी केन्द्रले समेत सहयोग गरेको छ। गठबन्धनले नगरको उपमेयरमा भने माओवादी केन्द्रकी कमला कार्कीलाई उठाइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ