arrow

आयोगले एमाले र माओवादीका नेतालाई सोध्यो 'तपाईंलाई हदैसम्मको कारबाही किन नगर्ने ?'

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
UML & mao.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले धादिङ जिल्लाको थाक्रे गाउँपालिकाका ने.क.पा.(एमाले)बाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवारसमेतलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भेटिएपछि २४ घण्टे स्पष्टीकरण माग गरेको छ । आयोगको निर्णयानुसार बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको सिलसिलामा आचार्यले उपाध्यक्ष पदका उम्मेदवार सहित बैशाख २५ गते तीन ट्रक प्रचारक सहितको स्कारपियो गाडी, ब्यानर एवं दल र निर्वाचन चिन्ह सहितको टि–सर्ट सहितआयोगको टोलीले रंगेहात पक्रिएको थियो । 

 

ती सामानहरु सहित निर्वाचन आचार संहिता, २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता, २०७३ विपरीत मोटर साइकल ¥यालीसमेत निकाली निर्वाचन प्रचार–प्रसार गरेको भेटिएपछि उनीहरुमाथि कारबाही किन नगर्ने भनी २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । अनुगमनका क्रममा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नै सो कार्य गरेको भेटेका हुन् । 

 

धादिङ सिम्लेमा सो कार्य गरेको स–प्रमाण फेला पारी तत्काल ¥याली रोक्ने कार्यसमेत भएकोले आचार संहिता विपरीत काम कारवाही गरेको कसूरमा हदैसम्मको कारवाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबीस घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध गरिएको प्रवक्ता शर्माले जानकारी दिए । 

 

त्यस्तै, आयोगले ने.क.पा. (माओवादी केन्द्र) का सचेतक सीता नेपालीलाई पनि हदैसम्मको कारबाही किन नगर्ने भनेर प्रश्न गरेको छ । नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकको स्टाटसमा पोष्ट गरेको विषयलाई लिएर निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्ने विषयमा हदैसम्मको कारवाही किन नगर्ने भनी २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्ट विवरण पेश गर्न निर्देशन दिएको पनि शर्माले जानकारी दिए । 

 

नेपालीले निर्वाचन आयोगका प्रवक्ताका अनुसार अहिलेसम्म निर्विरोध सदस्य’’ भन्ने व्यहोरा उल्लेख गर्दै ‘‘माओवादी केन्द्र–१४५, कांगे्रस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको तथ्याङ्कसम्बन्धमा छानबिन गर्नुपर्ने” भनी फेसबुक पेजको प्रिन्टसमेत संलग्न गरी आयोगसमक्ष उजुरी प्राप्त भएको हुँदा फेसबुकमार्फत गलत सूचना सम्पे्रषण गरेको देखिन आएकाले तपाईंलाई निर्वाचन आचार संहिता उल्लंघन गरेतर्फ हदैसम्मको कारवाही किन नगर्ने ? कारवाही नगर्नु पर्ने कुनै कारण भए यो पत्र बमोजिमको सूचना प्राप्त भएको मितिले २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्ट विवरण पेश गर्न आदेश गरिएको पनि शर्माले जानकारी दिए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ