स्याङजामा काँग्रेस र एमाले कार्यकर्ता जुधे, नाङ्गो खुकुरी बोकेर प्रचारमा
सुध्रिएनन् कार्यकर्ता, तर्साएर भोट माग्दै
प्रकाशित २०७४ वैशाख २५ सोमबार
495
Shares
स्याङजा । केन्द्रको राजनीतिक टकरावको प्रभाव स्थानी तह सम्म परेको छ । स्याङजामा काँग्रेस र एमाले कार्यकर्ता आपसमा भिडेका छन् । आइतबार नजिकै चुनावी कार्यक्रम गरेका काँग्रेस र एमाले कार्यकर्ता उम्मेदवार हिड्ने बेलामा जुधिहाले ।
स्याङजा काँग्रेसका सभापति कमलप्रसाद पंगेनी भन्छन्, ‘काँग्रेस कार्यकर्ताले चुनावी आमसभा मै गएर आक्रमण गरेका होइनन् । साविकको साखर गाविस अहिलेको चापाकोट नगरपालिकामा चुनावी कार्यक्रम गरेर फर्किने बेलामा एमालेका कार्यकर्ताले काँग्रेस कार्यकर्तालाई रोकेर रुख चिन्ह भएको टिशर्ट तानेर च्याते छन् । झण्डा पनि च्यातेर फालेपछि झडप भएको हो ।’ दुवै पक्षलाई राखेर कुरा मिलाउनु भनेर हामीले भनिसकेका छौँ ।
काँग्रेस कार्यकर्ताले खुकुरी बोकेको भेटिएको एमाले जिल्ला अध्यक्ष मीनप्रसाद गुरुङले बताए । उनले भने, ‘चुनावी आम सभामा आक्रमण भएको होइन । दुवै पार्टीको कार्यक्रम नजिकै थियो । साँझ कार्यक्रम सकेर हिड्ने क्रममा दुवै पक्षबीच हात हालाहाल र कुटाकुट भयो । हाम्रो तिरका चार जना घाइते भए । उतातिर पनि केही घाइते भए ।’ खुकुरी प्रहारबाट एक जनाको ढाडमा चोट लागेको उनले बताए ।
डिल्लीराम खनाल, सुनबहादुर थापा, पदम विक र बेलबहादुर विक घाइते भएका हुन् । अध्यक्ष गुरुङका अनुसार दोषीलाई प्रहरीले कारबाही गर्ने र दुवै पक्षका कार्यकर्ताले अब उपरान्त यस्ता गतिविधि नगर्ने भनेपछि झगडा साम्य भएको छ ।
एमाले नेता किशोर विक्रम मल्ल, शोभियत ढकाल, रामचन्द्र भट्टराई र नगरका मेयरका उम्मेदवार बुद्धिमान श्रेष्ठ चुनावी कार्यक्रममा निस्केका थिए ।
कांग्रेस कार्यकर्ता धीरज खाँणलाई खुकुरी सहित प्रहरीले पक्राउ गरेको छ । एमाले कार्यकर्ताले खुकुरीको खोल लगेर प्रहरीलाई बुझाएपछि मात्र प्रहरीले नाङ्गो खुकुरी सहित खाँडलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले रत्नपुरले जनाएको छ । रत्नपुर इलाका प्रहरी प्रमुख बालबन्धु बस्नेतका अनुसार झगडापछि भाग्ने क्रममा खुकुरीसहित खाँणलाई पक्राउ गरिएको हो ।
सुध्रिएनन् कार्यकर्ता, तर्साएर भोट माग्दै
मतदान गर्ने दिन नजिकिँदै गर्दा राजनीतिक विषयलाई दलका कार्यकर्ता आपसमा भिड्दा सुरक्षा चुनौती थपिएको छ नै । मतदातामा नराम्रो भय र त्रास छाएको छ ।
विगत झैँ अहिले पनि चुनावमा बुथ कव्जा गर्ने, खुकुरी र पेस्तोलको त्रासमा भोट हाल्न बाध्य पार्ने प्रवृत्तिहरु दोहोरिएका छन् । पर्यवेक्षणमा खटिएका पर्यवेक्षकहरु र जिल्लाको अनुगमनमा गएका निर्वाचन आयुक्तहरुले जिल्लामा चुनावी प्रसार भद्र रहेको बताएका छन् ।
मतदाताले नै आफूलाई सुरक्षित महसुश गर्न नसकेको भन्दै स्थानीयले पहिलेको पञ्चायती व्यवस्था र गणतन्त्रमा कुनै फरक नरहेको बताएका छन् । राजनीतिक दलका कार्यकर्ता अझै नसुध्रिएको भन्दै स्थानीय वुद्धिजीविले चिन्ता जनाएका छन् ।