arrow

गोकर्णेश्वरमा नेपाली कांग्रेसको पल्ला भारी

logo
प्रकाशित २०७४ वैशाख २५ सोमबार
gokarneshwor-congress1.jpg

काठमाडौं। यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय निकायको चुनाव अन्तर्गत राजधानीको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसको पल्ला भारी देखिएको छ । मेयर सहित उपमेयर र वडाहरुमा नेपाली कांग्रेसको तर्फबाट लामो राजनीतिक इतिहास बोकेका जनप्रिय, विकासप्रेमी तथा जुझारु नेताहरुको उम्मेदवारी परेकाले समग्र नगरपालिकामा नेपाली कांग्रेसको अवस्था राम्रो देखिएको स्थानीयबासीहरुले बताएका छन् । 

मेयरमा क्षेत्र नम्बर तीनका वर्तमान सभापति सन्तोष चालिसेले उम्मेदवारी दिएका छन् । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय चालिसे तत्कालीन जोरपाटी गाविसको उपाध्यक्ष थिए। नेपाली कांग्रेसको वर्तमान महाधिवेशन प्रतिनिधि समेत रहनु भएका अनुभवी राजनीतिज्ञ चालिसे जोरपाटी आरुबारीका स्थानीय बासिन्दा समेत हुन। जन्मभूमि तथा कर्मभूमि गोकर्णेश्वर आसपासको क्षेत्र नै भएकाले आफू जति यो क्षेत्रको समस्या तथा तिनको समाधानको जानकार अरु कोही नभएको चालिसे बताउछन् । राजनीति बाहेक विभिन्न सामाजिक संघ संस्थामा पनि निरन्तर क्रियाशिल चालिसे गोकर्णेश्वर नगरपालिकालाई मुलुकको सबैभन्दा समृद्ध नगरपालिका बनाउने ठोस योजना आफूसँग रहेको बताउछन् ।

गोकर्णेश्वर नगरपालिकामा उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट क्षेत्रीय सचिव शान्ति नेपालको उम्मेदवारी परेको छ । लामो समय अध्यापनमा बिताएकी नेपाल कांग्रेस महाधिवेशन प्रतिनिधि हुन। 

जीतको आधार 
गोकर्णेश्वर नगरपालिकामा मतदाताको सबैभन्दा धेरै संख्या वडा नम्बर ५ र ६ मा रहेको छ । यी दुई वडामा जुन दलको पक्षमा बढी भोट खस्छ सोही दलको जीतको सम्भावना प्रबल रहेको स्थानीयरुको बुझाई छ । अन्य वडाहरुमा जस्तै यी दुवै वडामा नेपाली कांग्रेसले स्थानीय शशक्त उम्मेदवार उठाएको छ । ५ मा नारायण सुवेदी तथा ६ मा रमेश अर्याल उम्मेदवार छन् । स्थानीयबासी माझ सुवेदी तथा अर्याल दुवैको छवि अत्यन्त राम्रो रहेको छ । सुवेदी तथा अर्याल जस्ता स्वच्छ छवि भएका विकास प्रेमी लोकप्रिय उम्मेदवारहरुलाई भोट हाल्न आफुहरु आतुर रहेको स्थानीय बताउँछन् । 

कांग्रेसको तर्फबाट वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार श्याम रायमाझी, ८ का मनोज ढुंगाना र ९ का राजीव थापा लगायतको जीत पनि लगभग पक्का भइसकेको छ । रायमाझी, ढुंगाना र थापा पनि स्थानीयबासी माझ विकासप्रेमी छबि बनाउन सफल भइसकेका नेताहरु हुन। अन्य वडाहरुमा पनि कांगेसको तर्फबाट उम्मेदवार रहेका सबैको जीत लगभग पक्का भएकाले यस पटक गोकर्णेश्वर नगरपालिका कांग्रेसको गढको रुपमा देशभर चिनिने बताइएको छ । गोकर्णेश्वर नगरपालिकामा कांग्रेसको प्रतिस्पर्धा नेकपा एमालेसँग मात्र हुने राजनीतिक विश्लेषकहरु दाबी गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ