सोमबार काठमाडौंमा मेयर बन्न खोज्नेहरु कुमारी हल जाँदैछन्, तर फिल्म हेर्न होईन
प्रकाशित २०७४ वैशाख २४ आइतबार
251
Shares
काठमाडौं । सोमबार विहान काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरु कुमारी हलमा जाँदैछन् । तर यस पटक उनीहरु चलचित्र हेर्नको लागि जाने सो हलमा भने जान लागेका होईनन् । काठमाडौंका युवाहरुको विशेष सक्रियतामा काठमाडौं महानगरपालिकाका उम्मेदवार र स्थानीयवासीबीच सामुहिक बहस हुने भएको हो।
बैशाख २५ गते सोमबार कमलपोखरीमा हुने बहस कार्यक्रममा महानगरपालिका मेयरका उम्मेदवारहरु र काठमाडौंका ३०० भन्दा बढी मतदाताको उपस्थिती रहने आयोजकले जनाएको छ।
दुई घण्टासम्म सञ्चालन हुने कार्यक्रममा उम्मेदवारले सार्वजनिक गरेका घोषणा पत्र र उनीहरुका योजनाबारे बहस हुने जनाइएको छ। साथै कार्यक्रममा सहभागीका प्रश्न र सामाजिक सञ्जालबाट सोधिएका प्रश्नको प्रश्नोत्तर बतार्इएको छ।
आयोजकले खुल्ला बहसमा सहभागी बनेर आफुले चाहेका प्रस्नहरु उमेद्वार समक्ष राख्न समेत अनुरोध गरेको छ। कार्यक्रम काठमाडौंका युवाहरुको आयोजनामा हुनलागेका हुन्। कार्यक्रम दिउँसो साढे १० बजेदेखि १ बजेसम्म कमलपोखरीमा रहेको कुमारी हलमा आयोजना गरिएको छ ।