काठमाडौंको उपमेयरमा निरुपमा यादवलाई विवेकशील नेपालीको समर्थन
प्रकाशित २०७४ वैशाख २४ आइतबार
298
Shares
काठमाडौं। काठमाडौं महानगरपालिकाको उपमेयरमा साझा पार्टीकी निरुपमा यादवलाई विवेकशील नेपालीले नि:शर्त समर्थन गरेको छ। काठमाण्डौ महानगरपालिकाको मेयर पदमा रन्जु दर्शनाको उम्मेद्वारीले राजनीतिमा आशा र परिवर्तनको पक्षमा चौतर्फी लहर ल्याएको बिषयले हामीलाई उत्साहित बनाएको उल्लेख गर्दै विवेकशिलले दर्शनाको नेतृत्वमा युवा सोच, भरपुर उर्जा र स्पष्ट दृष्टिकोणका साथ काठमाडौंको नेतृत्व सम्हाल्ने दिशामा चुनावी अभियान अघि बढिरहेको बताएको छ।
सकारात्मक परिवर्तनका निम्ति सहकार्यमा आधारित राजनीतिलाई प्रोत्साहन गर्ने विवेकशील नेपाली दलको घोषित नीति रहिआएको जनाउँदै सो दलले निकालेको विज्ञप्तीमा हाम्रो मान्छे भन्दापनि राम्रो मान्छेलाई नेतृत्वमा पुर्याउन सकिए नै सोचेको परिवर्तन साकार गर्न सकिन्छ भन्ने मान्यता अनुरुप खुला उम्मेदवार नीति ल्याएको विवेकशील नेपाली दलले सबै पदहरुमा उम्मेद्वारी नदिई सहकार्यको संस्कारलाई बढावा दिन खोजेको प्रष्ट पारेको छ।
काठमाण्डौ महानगरपालिकामा उपमेयरकी स्वतन्त्र उम्मेदवार निरुपमा यादवलाई विवेकशील नेपाली दलको तर्फबाट नि:शर्त समर्थन दिईएको जनाउँदै रन्जु दर्शना र निरुपमा यादवको टीमले काठमाडौं महानगरपालिका मार्फत सिङ्गो मुलुकमा नविन एवं पृथक राजनीतिको सकारात्मक सन्देश संचार गर्नेछ र ब्याप्त राजनीतिक वितृष्णालाई आशामा बदल्ने विश्वास विवेकशीले व्यक्त गरेको छ।
विवेकशील नेपाली दलकी काठमाण्डौँ महानगरपालिकाकि मेयर- उम्मेदवार रन्जु दर्शनाले निर्वाचन आयोगबाट ‘स्टकोट’ चुनाव चिन्ह प्राप्त गरेको र उक्त चिन्ह मतपत्रको बायाँ खण्डमा क्रम संख्या २१ मा रहेको विवेकशीलले काठमाडौं महानगरपालिकाका सम्पूर्ण मतदाताहरुमा जानकारी गराएको छ।