रसुवामा चार दलित महिला सदस्य निर्विरोध, काँग्रेसका परेनन्
प्रकाशित २०७४ वैशाख २३ शनिबार
550
Shares
रसुवा । उत्तरी रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा चारजना दलित महिला निर्विरोध चयन भएका छन् । निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको पाँच वडामध्ये दुईवटा वडामा नेकपा एमालेका उम्मेदवार तथा एक–एक वडामा क्रमशः माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार निर्विरोध चयन भएका हुन् ।
एमालेका तर्फबाट १ नम्बर वडामा जुरेली कामी र ५ नम्बर वडामा चरिमाया विश्वकर्मा, नयाँ शक्तिका तर्फबाट २ नम्बर वडामा श्रीमाया कामी र माओवादी केन्द्रबाट ४ नम्बर वडामा हिरा विश्वकर्मा निर्विरोध छन् ।
यसैगरी कालिका गाउँपालिकाको १ नम्बर वडामा दलितवस्ती भए पनि दलित महिला सदस्यमा उम्मेदवारी नपरेको उक्त गाउँपालिकाका निर्वाचन अधिकृत राजेन्द्रदेव पाण्डेले बताए । त्यस्तै गोसाइँकुण्ड गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडामा कुनै पनि दलित महिला सदस्यको उम्मेवारी नपरेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए ।