arrow

विवेकशिलको रञ्जुको चुनावचिन्ह स्टकोट, साझा पार्टीको किशोरको भने क्यामेरा

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
bibeksil-sajha.png

काठमाडौं। स्थानिय तहको चुनावको लागि वहुप्रतिक्षामा रहेको विवेकशील दलको स्वतन्त्र उमेद्वार रञ्जु दर्शनाले स्टकोट चुनाव चिन्ह पाएकी छन्।

२१ बर्षिय दर्शनाको लागि विवेकशीलले २१ नम्वरमा रहेको स्टकोट चुनाव चिन्ह पाएको छ। विवेकशीलले आफूलाई एक्काइसौ शताव्दिको पार्टीको प्रतिनिधित्व गर्ने दलको रुपमा अगाडी सारेको छ। 

साझा पार्टीका किशोर थापाले भने २० नम्वरमा रहेको क्यामेरा चुनाव चिन्ह पाएको छ।

मेयर उपमेयरको पछि वडा अध्यक्ष र सदस्यको लागि भने फेरि अलग चुनाव चिन्ह दिइने निर्वाचन कार्यालयले जनाएको छ। 

संसदमा प्रतिनिधित्व गर्ने दलहरुको भने यस अघी नै चुनाव निश्चित भइसकेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ