arrow

स्थानीय तह निर्वाचनः सुरक्षा मिलाउन क्षेत्रीय सुरक्षा समितिद्धारा अवलोकन

logo
प्रकाशित २०७४ वैशाख २२ शुक्रबार
Election_-Box.jpeg

पोखरा । आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा विश्वसनीय वातवरणमा सम्पन्न गराउने उद्देश्यका साथ पश्चिम क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीले बिहीबार कास्कीस्थित विभिन्न गाउँपालिकाका कार्यालयको अवलोकन भ्रमण गरेका छन् । 

पश्चिमाञ्चल सुरक्षा समितिका अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडा, पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनी, पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी नायब महानिरीक्षक सुबोधकुमार अधिकारी र राष्ट्रिय अनुसन्धान ब्यूरो क्षेत्रीय निर्देशक रवीन्द्र पण्डितलगायतको टोलीले कास्कीका अन्नपूर्ण र माछापुच्छे« गाउँपालिकाको स्थलगत अवलोकन गरी त्यहाँका कर्मचारी, निर्वाचन अधिकृतका साथै सुरक्षाकर्मीसँग समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल गरेको हो । 

उक्त अवलोकनका क्रममा निर्वाचनलाई शान्तिपूर्ण तथा विश्वसनीय ढङ्गबाट सम्पन्न गर्नका लागि देखापर्नसक्ने चुनौतीलाई पूर्वानुमान गरी सरोकारवाला निकायसँग आवश्यक छलफल गर्दै विशेष सुरक्षा रणनीतिअनुरुप उच्च सतर्कताका साथ कार्य सम्पादन गर्न निर्देशन दिइएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ