arrow

भरतपुरमा काँग्रेसको उम्मेदवारी केन्द्रबाटै फिर्ता, दिनेश कोइराला भन्छन्–मैले उम्मेदवारी फिर्ता लिएको छैन

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
Dinesh_koirala.jpg

काठमाडौं । नेपाली काँग्रेसबाट चितवनको भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका दिनेश कोइरालाले उम्मेदवारी फिर्ता नलिएको बताएका छन् ।

चितवनमा माओवादी केन्द्रलाई सघाउने भनि केन्द्रमा सहमति भएअनुसार काँग्रेसले उम्मेदवारी फिर्ता लिएको छ । कोइरालाले हाम्राकुरासँग भने, ‘मैले उम्मेदवारी फिर्ता लिएको छैन । अरु के भयो थाहा छैन ।’ जिल्ला सभापति जितनारायण श्रेष्ठ छलफलमा व्यस्त छन् ।

कृष्ण सिटौला पक्षको विरोधकाबीच नेपाली काँग्रेसले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारी फिर्ता लिएको बताइएको छ । माओवादीसँगको सहमति अनुसार काँग्रेसले आफ्ना केन्द्रीय प्रतिनिधी मार्फत निर्वाचन कार्यालयमा पत्र पठाएर कोइरालाको उम्मेदवारी फिर्ता लिएको हो। 

काँग्रेस र माओवादीबीच चितवन, पोखरा र काठमाडौं महानगरमा चुनावी तालमेलको सहमति भएको छ । जसअनुरुप माओवादीले पोखराबाट मेयरको उम्मेदवारी फिर्ता लिएको छ । भरतपुर महानगरमा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरमा उठेकी छन् । सत्ताधारी माओवादीसँग तालमेल गर्ने सहमति गरेपछि काँग्रेस कार्यकर्ताहरुले भने नेतृत्वको कडा आलोचना गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ