arrow

काँग्रेसका उम्मेदवारलार्इ जिताउन कुन जिल्लामा को जाँदैछन् ? (सूची सहित)

logo
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
congress-flag1.jpg

काठमाडौं । नेपाली काँग्रेसले आफ्ना आधिकारिक उम्मेदवारलार्इ जिताउन सहज होस् भन्नको लागि चुनाव हुने जिल्लाहरुमा केन्द्रीय प्रतिनिधिको रुपमा केन्द्रीय सदस्यलार्इ खटाउने निर्णय गरेको छ ।

 

वरिष्ठ  नेता  एवं  केन्द्रीय  निर्वाचन  तथा  परिचालन  समितिका  संयोजक  रामचन्त्र  पौडेलको  संयोजकत्वमा  बिहीबार  बसेको  बैठकले विभिन्न जिल्लामा काँग्रेसबाट केन्द्रीय सदस्यहरुलार्इ खटाउने निर्णय गरेको हो ।

 

स्थानीय  तह  निर्वाचन  २०७४  मा  पार्टीका आधिकारिक  उम्मेदवारहरुलाई  जिताउन  केन्द्रीय  सदस्यहरुलाई नै  विभिन्न  जिल्लामा  केन्द्रीय प्रतिनिधीको  रुपमा  खटाउने निर्णय भएको हो ।

 

खटिएका  केन्द्रीय  सदस्यहरुको  नामावली  र  जिल्ला  निम्नानुसार  रहेको  छ ।

उमाकान्त चौधरी, दोलखा

डा. नारायण खड्का, रामेछाप

रामकृष्ण यादव, सिन्धुली

बलबहादुर के.सी., काभ्रे

आनन्द ढुंगाना, भक्तपुर

महेश आचार्य, लक्ष्मी परियार, काठमाण्डौ

फरमुल्लाह मंसुर, ललितपुर

गुरुराज घिमिरे, धादिङ

कल्याण कुमार गुरुङ, चितवन

कृष्ण प्रसाद सिटौला, सिन्धुपाल्चोक

चित्रलेखा यादव, नुवाकोट

रमेश रिजाल, मकवानपुर

मानबहादुर विश्वकर्मा, रसुवा

पुष्पा भुषाल, गोरखा

भीष्मराज आङदम्वे, लमजुङ

डा. मिनेन्द्र रिजाल, तनहुं

डा. शेखर कोईराला, कास्की

डा. डिला संग्रौला, स्याङजा

सरिता प्रसार्इं, पर्वत

ज्ञानेन्द्र बहादुर कार्की, वाग्लुङ

किरण यादव, म्याग्दी

सुजाता परियार, नवलपुर

दिलेन्द्रप्रसाद बडु, सुर्खेत

विश्वप्रकाश शर्मा, दैलेख

एन.पी. साउद, जाजरकोट

अजयकुमार चौरासिया, कालिकोट

बद्री पाण्डे, मुगु

बीरबहादुर बलायर, जुम्ला

महेन्द्र यादव, डोल्पा

पार्वता डि.सी. चौधरी, हुम्ला

चन्द्र भण्डारी, रुकुम

किशोर सिंह राठौर, सल्यान

मीन विश्वकर्मा, मुस्ताङ

सिता गुरुङ, मनाङ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ