काठमाडौं २६ वडाका प्रत्यासी तिवारी भन्छन अग्रजको भरोसा र यूवाको साथ नै जीतको आधार
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
813
Shares
काठमाडौं । स्थानिय तहको निर्वाचनको मनोनयनसँगै राजनीतिक दल तथा स्वतन्त्र हैसियतमा उमेद्वार भएकाहरु आ आफ्नो गाउँ तथा नगरका मतदातामाझ पुग्न थालेका छन्। पहिलो चरणको मतदान हुने प्रदेश नम्वर ३, ४ र ६ मा उत्साहपूर्वक मननोयन भएपछि चुनावमा वाधा पर्नेहोकी भन्ने आशंका पनि पूर्णत हटेको छ। विभिन्न आशंकाहरुलाई मेट्दै उमेद्वारहरु यतिखेर दिनरात एक गर्दै मतदाताकहाँ आफ्ना कुरा राख्न र मत माग्न पुगिरहेका छन्।
राजधानी काठमाडौं र देशकै सबैभन्दा पुरानो महानगर काठमाडौं महानगरपालिकामा मनोनयनसँगै चुनावी दौडधुप वढेको छ। उमेद्वारहरु आआफ्नो पक्षमा मतदाता पार्न व्यक्तिगत स्तरमा र पार्टीगत तहमा मोर्चामा खटिएका छन्। महानगरको वडा नम्वर २६ मा यतिखेर सबै राजनीतिक दलका उमेद्वारहरु मैदानमा मत माग्न व्यस्त छन्। काठमाडौं क्षेत्र नम्वर ६ मा पर्ने वडा नम्वर २६ मा नेपाली काँग्रेस चुनावी प्रचारमा व्यस्त छ। अन्य दल पनि चुनावमा व्यस्त भएपनि काँग्रेसका यूवा उमेद्वार ख्याम तिवारी आफ्नो अलग पहिचानका साथ चुनावी मैदानमा छन्। नगरका टोल समाजमा समाजसेवा र राजनीतिमार्फत बर्षौदेखि पहिचान बनाएका स्थानिय वयोवृद्धदेखि यूवाहरुमाझ पनि लोकप्रिय छन्।
वडा अध्यक्षका लागि काँग्रेसबाट प्रत्यासी भएका तिवारी भन्छन, ' स्थानियले सुध्रिएको राजनीतिसँगै स्थानियस्तरमा देखिने परिवर्तन चाहेका छन्। आफ्नो क्षेत्रमा महशुस हुने गरि विकास चाहेका छन्। ' निर्वाचित जनप्रतिनिधी नहुँदा पनि वडामा विभिन्न समितिहरुमा रहि काम गरेका तिवारी स्थानिय अग्रजहरुको सम्मानका कार्यक्रमदेखि अनेक रचनात्मक कामहरुका कारण चर्चित रहेका छन्। विभिदताले भरिएको वडा नम्वर २६मा रहेको सांस्कृतिपनको जगेर्ना गर्दै पर्यटन उद्योगमा सहयोगी भूमिका खेल्ने योजना उनले सुनाए । वडामा यूवाहरुलाई खेलकुदमा संलग्न गराइ खेलकुदको विकास र प्रवर्द्धनमा लाग्ने आफ्नो कार्ययोजना उनले अघी सारेका छन्। वडाको विकासको लागि आफूसँग नविन सोचहरु रहेको र त्यसलाई पुरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उनले बताए।
चुनावी प्रचारको व्यस्त समयका बीच उनले भने नागरिकको सुखदुखमा एकाकार भएर काम गर्छु। उनले स्थानियस्तरमा मर्दा पर्दा लागरहेको र आगामी दिनमा पनि लागिरहने बताए । मतदाताहरुसँग विश्वास व्यक्त गर्दै उनले भने, 'यहाँका सबैले यहि खटेको देख्नुभएकै छ, मान्छे चिन्नुभएको छ। काम गर्ने मानिसलाई वडा अध्यक्षको जिम्मेवारी दिएर पठाउनेमा विश्वस्त रहेको छु।' अबको ५ बर्षसम्म वडा विभिन्न टोल तथा यस क्षेत्रमा बस्ने नागरिकको हक हितका पक्षमा काम गर्नेगरि आफू लागेको उनले बताए। उनले थपे, ' अग्रजको भरोसा र यूवाको साथ नै मेरो जीतको आधार हो।'