arrow

मुगुको छायाँनाथ रारा नगरपालिका ९ नम्बर वडामा संयुक्त प्यानल निर्विरोध

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
3party.jpg

काठमाडौं । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाको ९ नम्बर वडा नेतृत्व निर्विरोध निर्वाचित भएको छ ।

प्रमुख तीन पार्टी माओवादी, कांग्रेस र एमालेले पदको भागवण्डा गरी निर्विरोध निर्वाचित हुने व्यवस्था मिलाएका हुन् । वडा अध्यक्षमा माओवादी केन्द्रका मणिचन्द्र रोकाय निर्विरोध भएका छन् ।

यस्तै नेपाली कांग्रेसले दुई सदस्यमा अदवीर रोकाय र दलित महिला सदस्य पाएको छ । एमालेको भागमा एक खुल्ला सदस्य र एक महिला सदस्य परेको थियो ।

तीनवटै दलले मिलेर उम्मेदवारी दिएका कारण सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका जिल्ला नेता देवी रोकायले जनाएका हुन् ।

उक्त वडामा कुल १ सय ६३ मतदाता रहेका थिए ।

डोल्पाको शेफोक्सुडो गाँउपालिका अध्यक्षमा एमालेका गुरूङ निर्बिरोध
डोल्पाको शेफोक्सुडो गाँउपालिकाको अध्यक्षमा नेकपा  एमालेका टसी टुण्डुक गुरूङ निर्बिरोध निर्बाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ