arrow

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालबन्दी 

प्रेस युनियनको आपत्ति

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
talabandi_patrakar.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । महासंघको केन्द्रीय नेतृत्वले निरंकुश कदम चालेको भन्दै भोजपुरका तीन पत्रकार संगठन प्रेस युनियन, प्रेस सेन्टर र संघीय प्रेस फोरमले महासंघका ताला लगाएका हुन् ।  

 

पत्रकार महासंघ भोजपुरको पाँचौं जिल्ला अधिबेशनमा विवाद भएपछि दुई समिति बनेका थिए । प्रेस चौतारीको एउटा समिति र अन्य तीन संगठनले अर्को समिति बनाएका थिए । 

 

यसैबीच नेपाल पत्रकार महासंघ काठमाडौं  र भोजपुर शाखाको केन्द्रीय सभासद चयन गर्ने क्रममा भएका विवादास्पद कार्यप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

 

मंगलबार महासंघका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तीमा केन्द्रीय सभासद चयन गर्ने क्रममा कतिपय साथीहरु वैधानिक तवरबाट चयन भएपनि निर्वाचन समितिले तय गरेका सोहि मापदण्ड पुरा गरेर समर्थकहरुको हस्ताक्षर सहित आवेदन गरेका दर्जनौ पत्रकारहरुलाई हटाएर मनपर्दो ढंगबाट भएको सभासद चयनमा आफूहरुको असहमति रहेको जनाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ