मनाङ। मनाङ जिल्लाको नार फु गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार तोकिएको समयावधिभित्र कसैले पनि उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत चुनिएका हुन् । यद्यपि निर्वाचन अधिकृतले भने केही समयपछि सूची सार्वजनिक गरेपछि मात्रै आधिकारिक रुपमा जानकारी दिन सकिने जनाएको छ ।
हिमालपारीको जिल्लाको रुपमा रहेको मनाङको नार फू गाउँपालिकामा नेपाली कांग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका हुन् । कूल ३ वटा वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन् ।