arrow

धादिङका नगर र गाउँपालिकामा कुन पार्टीबाट को को परे ?

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
dhading_district_map.png

धादिङबेसी । नेपाली काँग्रेसलगायतका ठूला दलले आफ्नो तर्फबाट स्थानीय तहको निर्वाचनमा नगरपालिकाका तथा गाउँपालिका प्रमुख पदका उम्मेदवारहरुहरुलार्इ अन्तिम रुप दिएको छ । 

 

शुक्रबार अन्तिम रुप दिर्इएको नामावलीमा नेपाली काँग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु तल उल्लेखित छन् । धादिङमा पनि यही बैसाख ३१ गते स्थानीय निकायको निर्वाचन हुनेछ ।


रुवीभ्याली गाउँपालिकामा काँग्रेसको तर्फबाट कुल बहादुर गुरुङ्ग, एमालेको तर्फबाट जीवन तामाङ    र माओवादीको तर्फबाट रामसिंह तामाङले उम्मेदवारी दिने भएका छन् । त्यस्तै गंगाजमूना गाउँपालिकाका अक्कलबहादुर तामाङ काँग्रेसबाट, बलबहादुर अधिकारी एमालेबाट र नवराज अधिकारी माओवादीबाट उम्मेदवार बनेका छन् । 

 

खनियाबास गाउँपालिका काँग्रेस एमाले र माओवादीबाट क्रमश: रणबहादुर तामाङ्ग, प्रदिप फ्युवा तामाङ र सेतेमान तामाङले उम्मेदवारी दिर्इरहँदा नेत्रवती गाउँपालिकामा भने टेकजंग लामा, दुर्गाकुमार शाक्य र ठाकुर गुरुङले क्रमश: काँग्रेस एमाले र माओवादीबाट उम्मेदवारी दिने भएका छन् । 

 

यससँगै त्रिपुरासुन्दरी  गाउँपालिकामा काँग्रेसबाट वासु तिमल्सिना, एमालेबाट शम्भुकुमार थापा र माओवादीबाट दलबहादुर बुर्लाकोटीले उम्मेदवारी दिने भएका छन् । 

 

उता,ज्वालामुखी गाउँपालिकामा काँग्रेसबाट विनोद तिमल्सिना एमालेबाट रामप्रसाद अधिकारी र लक्ष्मीथापा मगर माओवादीबाट उम्मेदवारी दिँदैछन् । 


त्यस्तैगरी, सिद्धलेक गाउँपालिकामा काँग्रेसबाट बद्री अर्याल, एमालेबाट प्रेमनाथ सिलवाल र माओवादीबाट पुष्प थपलियाले उम्मेदवारी दिने तय भर्इरहँदा बेनिघाट रोराङ गाउँपालिकाबाट    काँग्रेसका देवीप्रसाद सिलवाल, एमालेका गिरिराज कँडेल र हरि डल्लाकोटी माओवादीबाट नाम चर्चामा छ । 


गजुरी गाउँपालिका परशुराम सुवेदी, राजेन्द्र बिक्रम बस्नेत र गणेशलाल श्रेष्ठ क्रमश: काँग्रेस एमाले र माओवादीबाट उम्मेदवारी दिने तयारीमा छन् । त्यसपछि गल्छी गाउँपालिकामा काँग्रेस एमाले र माओवादीबाट क्रमश: विनोद कार्की, कृष्णहरि श्रेष्ठ    र विक्रम तामाङले उम्मेदवारी दिन् तयारी गरिरहेको बतार्इएको छ । 

 

उता, थाक्रे गाउँपालिकामा काँग्रेसका श्याम रेग्मी, एमालेका रामकुमार आचार्य र माओवादीका जिन्दगी थापा, धुनीवेशी नगरपालिकामा काँग्रेसका माधवराज पाण्डे एमालेबाट बालकृष्ण आचार्य, दिपक लामिछाने माओवादीबाट र निलकण्ठ नगरपालिका    भीमप्रसाद ढुँगाना एमालेका अर्जुनकुमार श्रेष्ठ र मनराज भण्डारी सैलेशले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ