arrow

काठमाडौं महानगरको मेयरको लागि साढे १ बजेसम्म ६ जनाको उम्मेदवारी दर्ता 

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
candidecy_ktm.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको लागि दिउँसो साढे १ बजेसम्म ६ जनाको उम्मेदवारी दर्ता भईसकेको छ । काँग्रेस, एमाले र नेकपा माओबादी केन्द्रका उम्मेदवारहरुको नाम दर्ता नहुँदै पार्टीको तर्फबाट २ जना र स्वतन्त्र उम्मेदवार ४ जना गरी ६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । 

 

यसरी नाम दर्ता हुनेहरुको पहिलो नम्बरमा साझापार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका किशोर थापा, दोस्रो नम्बरमा विनोद कुमार खत्री, तेस्रो नम्बरमा विवेकशीलकी रञ्जु न्यौपाने(दर्शना), चौथो नम्बरमा देशभक्त पर्यावरणीय सामाजिक मोर्चाको तर्फबाट सुरेन्द्र प्रसाद ढकाल, पाँचौ नम्बरमा अमोट महर्जन स्वतन्त्र र राष्ट्रिय जनमोर्चाको तर्फबाट डा. निर्मल कुमार थापाले मेयरको लागि उम्मेदवारी दिएका छन् । 

 

त्यस्तै उपमेयरमा भने अहिलेसम्म स्वतन्त्र तर्फबाट अनिशा भट्टराई स्वतन्त्र र निरुपमा यादव स्वतन्त्रको उम्मेदवारी परेको छ । यादव साझापार्टी समर्थित छिन् । त्यस्तै राष्ट्यि जनमोर्चाको ऋतु सापकोटा केसीले पनि उपमेयरको लागि उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले जानकारी दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ