arrow

डोल्पामा हिमपात, २२ वटै मतदान केन्द्रमा धमाधम उम्मेदवार मनोनयन दर्ता हुदै

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
dolpa-district.png

डोल्पा। स्थानीय तहको चुनाव गराउनका लागि उपल्लो डोल्पा हिँडेको निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा अन्य कर्मचारीसहितको टोलीलाई विकट क्षेत्र धोबाट साल्दाङ जानका लागि हेलिकप्टर प्रयोग गरिएको छ।


मौसम खराबीसँगै भएको भारी हिमपातले धो–साल्दाङ जाने बाटो अवरुद्ध भई धो पुगिसकेको उक्त कर्मचारीको टोली जान नसकेपछि सेनाको हेलिकप्टर व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय, डोल्पाले जनाएको छ।


उक्त टोलीलाई आज सेनाको हेलिकप्टरबाट धोबाट साल्दाङ पुर्‍याइएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिए। थुप्रै भौगोलिक कठिनाइबीच पनि उपल्लो डोल्पामा निर्वाचन गराउन कर्मचारी हिँड्ने क्रम जारी रहेकाले यही वैशाख २१ गतेसम्म सबै कर्मचारी हिँडिसक्ने र वैशाख २७ गतेभित्र पुगिसक्ने समेत निर्वाचन अधिकारी बुढाले जानकारी दिए।


उपल्लो डोल्पाका २२ वटै मतदान केन्द्रमा निर्वाचन अधिकृत पुगेर पनि आज धमाधम उम्मेदवार मनोनयन दर्ता कार्य भइरहेको समेत बुढाले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ