पत्रकार ढकाललाई काँग्रेसले बनायो उम्मेदवार, काभ्रेमा अरू को को ?
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
833
Shares
धुलिखेल । नेपाली काँग्रेसले काभ्रेमा आफ्नो पार्टीका उम्मेदवारको नाम चयन गरेको छ । यसमा पत्रकार पनि परेकी छिन् । पत्रकार ह्याप्पी (राधिका) ढकाललाई मण्डन देउपुर नगरपालिकाको उपमेयरको उम्मेदवार बनाइएको हो । उक्त नगरपालिकाको मेयरमा अच्यूत पौडेललाई उम्मेदवार बनाइने भएको छ ।
त्यस्तै पाँचखालमा क्षेत्र नं ४ का क्षेत्रीय सभापति महेश खरेलले मेयरमा र लक्ष्मी दनुवारले उपमेयरमा टिकट पाएकी छन् ।
बनेपा नगरपालिकाको मेयरमा राम जोशी र उपमेयरमा निर्मला श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।
पनौती नगरपालिकाको मेयरमा बिदुर बन्जारा र उपमेयरमा अञ्जुर रञ्जित केसी, धुलिखेल नगरपालिकाको मेयरमा रमेश हुमागाईँ र उपमेयरमा निर्मला श्रेष्ठ तथा नमोबुद्ध नगरपालिकाको मेयरमा कुन्साङ लामा र उपमेयर कमला खनाललाई उम्मेदवार बनाइएको छ ।