प्रदेश नं ६मा एमालेका उम्मेदवारहरु : कुन स्थानीय तहमा को ? (नामावली सहित)
प्रकाशित २०७४ वैशाख १८ सोमबार
792
Shares
काठमाडौं । उम्मेदवारी मनोनयनको दिन आउँनै लाग्दा नेकपा एमालेले प्रदेश नं ६ का विभिन्न स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका उम्मेदवारहरु चयन गर्नको लागि सोमबार पार्टी कार्यालयमा बसेको बैठकले मंगलबार बिहान मात्रै ती दुई स्थानीय तहका उम्मेदवारहरुको नाम तय गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार ती दुई स्थानीय तह बाहेक अन्यत्रको उम्मेदवारी टुंगो लगाईसकिएको छ । अन्यत्रको टुंगो लगाउने जिम्मा भने सम्बन्धित प्रदेशलाई नै दिईएको थियो । जसमा ६ नं प्रदेशबाट उम्मेदवारी दिएकामेयर तथा उपमेयरहरुको नामावली तल उल्लेख गरिएको छ ।
सुर्खेत
वीरेन्द्रनगर नगरपालिका : बालाराम शर्मा, मोहनमाया ढकाल
भेरीगंगा नगरपालिका : यज्ञ ढकाल, चन्द्रा आचार्य
गुर्भाकोट नगरपालिका : देबबहादुर खत्री, सुशिला बि.क.
लेकबेसी नगरपालिका : गगनसिंह सुनार, शान्ति छन्तेल
पञ्चपुरी नगरपालिका : मनबहादुर बि.क., राजकुमारी तिवारी
दैलेख
नारायण नगरपालिका : रत्नबहादुर खड्का, साबित्री मल्ल
चामुण्डा बिन्द्रासैनी : सूर्यबहादुर शाही, ताराकुमारी खत्री -शाही)
आठबिस नगरपालिका : खड्गराज उपाध्याय, गोमता बि.क.
दुल्लु नगरपालिका : वरुनाथ योगी
जाजरकोट
भेरीमालिका नगरपालिका : चन्द्रप्रसाद घर्ती
त्रिवेणी नलगाढ नगरपालिका : नबेन्द्र नेपाली, सुनिता बोहोरा
छेडागाड नगरपालिका : लालवहादुर महतरा, सरिता ओली
कालिकोट
राजकोट नगरपालिका : मनिराज बराल, उमा शाही
तिलाकुम्टा नगरपालिका : दलबहादुर शाही, गंगादेवी खत्री
खााडाचक्र नगरपालिका : जसीप्रसाद पाण्डे,बिजया विष्ट
सल्यान
शारदा नगरपालिका : रामकुमार खड्गी, सरिता हमाल मल्ल
वनगाड कुपिण्डे नगरपालिका : गोविन्दकुमार पुन,चम्पा पुरी ओली
बाघचौर नगरपालिका : लोकवहादुर डाागी,ओमादेवी खत्री
डोल्पा
ठूलीभेरी नगरपालिका : गणेश बहादुर शाही
त्रिपुरासुन्दरी नगरपालिका : ओमवहावदुर बुढा,चन्द्रकुमारी
मुगु
राराथाना नगरपालिका : जीतबहादुर मल्ल
एमालेले टुंगो लगाएका गाउँपालिकाका उम्मेदवारहरु यस्ता छन्
सुर्खेत
चौकुने गाउँपालिका : धीरवहादुर शाही, निर्मला राना
बराह ताल गाउँपालिका : ताराकेशर गौतम,
चिंगाड गाउँपालिका : बखतवहादुर खत्री,दिपाकुमारी राना
सिम्ता गाउँपालिका : कविन्द्रकुमार केसी, चन्द्राकुमारी शाही