arrow

महाभियोगप्रति संघीय समाजवादी फोरम रुष्ट  

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
federalsocilist-flag.jpg

काठमाडौं । प्रधानन्यायाधीस सुशीला कार्कीमाथिको महाभियोग प्रति संघीय समाजबादी फोरम रुष्ट भएको छ । सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तीमा प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रद्धारा व्यवस्थापिका संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्तावले संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला मात्र नभई सरकार (कार्यपालिका) ले स्वतन्त्र न्यायपालिकामाथि नियन्त्रण र सर्वोच्च अदालतको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप गरेको उल्लेख छ। 

 

विज्ञप्तीमा भनिएको छ 'यसरी सत्तामा रहेका व्यक्तिहरुले गैरकानूनी तरिकाबाट आफ्ना व्यक्तिगत, गुटगत र दलगत स्वार्थ परिपूर्ति गर्नका लागि राजकीय सत्ता र शक्तिको दुरुपयोग गरी स्वतन्त्र न्यायालयलाई प्रभाव पार्नु वा पार्न खोज्नु अत्यन्तै गैरलोकतान्त्रिक चरित्र र व्यवहार हो । तसर्थ, उक्त महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गरिनु पर्दछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ