महाभियोग प्रस्ताव चुनाव बिथोल्ने षड्यन्त्र : विवेकशील नेपाली
प्रकाशित २०७४ वैशाख १७ आइतबार
429
Shares
काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दल माओवादी केन्द्र तथा नेपाली काँग्रेसका सांसदहरुले संसदमा दायर गरेको महाभियोग प्रस्ताव प्रति विवेकशील नेपालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेकशीलले आइतबार विज्ञाप्ति जारी गर्दै विधि तथा प्रक्रियामा आधारित राज्य सञ्चालनमा धावा बोलेको र सो कदमले आसन्न स्थानीय तहको निर्वाचनलाई बिथोल्ने बहाना बनाएको साथै संविधानलाई लिकभन्दा बाहिर लैजाने दिशामा काम सुरु भएको विवेकशीलको ठम्याइ रहेको जनाएको छ ।
विवेकशीलले जेठ २४ अघि नै सेवा निवृत्त हुन लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई अहिले नै महाभियोग प्रस्ताव लगाउनु पर्ने कार्यक्रम किन दर्ता भयो भन्ने प्रश्न गर्दै यसमा हस्ताक्षरकर्ताहरुको नियतमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको बताएको छ । “यो निर्वाचन हुन नदिने षड्यन्त्रलाई निस्तेज पार्न सम्पूर्ण देशभक्त नागरिकलाई म आह्वान गर्दछु”, विवेकशील नेपाली दलको काठमाडौँ महानगरपालिकाको मेयर पदकी उम्मेदवार रन्जु दर्शनाले भनिन् ।यो लोकतन्त्रमाथि लुटतन्त्रको हमला हो ।
महाभियोग प्रस्तावको विरोधमा विवेकशील दलले आइतबार नारायणगोपाल चोकमा कार्यक्रम गरेको छ ।