arrow

के को कन्फ्यूज ? निर्वाचन पक्का भो, १९ गतेको उम्मेदवारी मनोनयन उत्सव बन्छ : प्रचण्ड

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
CM_prchand.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ को निर्वाचन हुने पक्का भएको बताएका छन् । आइतबार संसद भवनबाट बाहिरिदै पत्रकारसँग प्रधानमन्त्री दाहालले वैशाख ३१ गतेको निर्वाचन पक्का भएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘१९ गते नोमिनेशन हो हामी सबैलाई थाहा छँदै छ । नोमिनेशन उत्सवको रुपमै हुन्छ । वैशाख ३१ गते पहिलो चरणको निर्वाचन हुन्छ ।’

मिडियाका साथीहरुले कुनै किसिमको कन्फ्यूजन राख्न जरुरी छैन । प्रधानमन्त्री दाहालले पछिल्लो समय विकसित घटनाक्रमका कारण पहिलो चरणको चुनावका लागि उम्मेद्वारी दर्ता सकेर मात्र संविधान संशोधनको काम अगाडि बढाउनुपर्ने परिस्थिति आएको बताए । प्रधानमन्त्री दाहालले भने, ‘अहिले घटनाक्रम जसरी विकास भएको छ । सबभन्दा पहिले उम्मेद्वारी मनोनय गरेर पहिलो चरणको निर्वाचनलाई प्राथमिकता दिनुपर्ने परिस्थिति बन्यो ।’

यस्तै, प्रधानमन्त्री दाहालले मधेसी मोर्चा समझदारीमा आउने स्थिति बनेको समेत बताए । प्रधानमन्त्री दाहालले भने, ‘मधेसी मोर्चाका साथीहरु पनि चुनावमा आउने पक्का हो । उहाँहरु आउनु हुन्छ ।’

प्रधानमन्त्री दाहालले, ‘सबै सांसदहरूलाई स्थानीय तहको निर्वाचनको पहिलो चरणमा मनोनयनका लागि उत्साहपूर्वक आफ्ना नेता कार्यकर्तालाई सघाएर २१ गते संसदमा आउन आग्रह गर्छु,’ समेत भने । दाहालले सवै सांसदहरु सहभागि हुन् भन्ने हिसावले संसद बैठक २१ गते राखिएको समेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ