arrow

माओवादी केन्द्रले ललितपुर महानगरमा नेतृत्व छान्न सकेन, अरुमा छान्यो 

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
moiest_center1.jpg

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ललितपुरले शनिबार ललितपुर महानगरपालिकाबाहेक अन्य नगरपालिका र गाउँपालिकाको उम्मेदवार सार्वजनिक गरेको छ । माओवादी केन्द्र ललितपुरका अनुसार ललितपुर महानगरपालिकाको पनि केही दिनमै उम्मेदवार सार्वजनिक गरिनेछ । माओवादी केन्द्र ललितपुरका इन्चार्ज हरि दाहालका अनुसार महालक्ष्मी नगरपालिकाको प्रमुखमा शिवप्रसाद कट्टेल र उपप्रमुखमा लक्ष्मीसिंह महर्जनलाई उम्मेदवार बनाइएको छ । 

 

यस्तै वाग्मती गाउँपालिकाको अध्यक्षमा राजु आलेमगर र उपाध्यक्षमा कमला थापामगर उम्मेदवार चयन भएका छन् । महाँकाल गाउँपालिकामा बुद्धबहादुर नंगी र उपाध्यक्षमा विमला आचार्यले उम्मेदवारी दिएका छन् । कोन्जोसोम गाउँपालिकाको अध्यक्षमा गोपीलाल स्याङ्तान अध्यक्ष र उपाध्यक्षमा मिन्मा लामा उपाध्यक्षको उम्मेदवारी तय भएको छ । 

 

ललितपुर महानगरपालिकको प्रमुख र उपप्रमुख तथा वडा अध्यक्ष एवम् सदस्यहरुको सिफारिस भइसकेको र केही दिनमा नै सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ