arrow

एमालेको चुनावी सभामा गएको जीप दुर्घटना

एकको मृत्यु, ९ घाईते

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ वैशाख १६ शनिबार

स्याङ्जा । नेकपा (एमाले) को भातृ संगठन युवा संघ स्याङ्जाले बिरुवा अर्चले गाउँपालिकाको बिरुवामा आयोजना गरेको चुनावी सभामा सहभागी हुन जाँदैगरेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर रहेको छ । 

 

ओरष्टेबाट बिरुवा तर्फ जाँदै गरेको ग १ ज ५४४३ नंम्बरको जीप दुर्घटना हुँदा बिरुवा अर्चल ४ निवासी वर्ष ३१ का बेलबहादुर थापाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी सक्त घाईते भएका ३ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । 

 

दुर्घटनामा परी सक्त घाईते हुनेमा बिरुवा अर्चले ४ बस्ने वर्ष १४ का बिन्दुकुमार थापा, वर्ष ३५ की माया थापा, वर्ष ५९ का कर्णबहादुर थापा र वर्ष ६० को पदमबहादुर थापा रहेका छन् । उनीहरुको टाउको, पेट, ढाड लगाएका शरिरीकका विभिन्न भागमा गहिरो चोट लागेको अस्पताल श्रोतले जनाएको छ ।

 

समान्य घाईते ६ जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा परेको जीपका चालक फरार भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ग्रामीण सडकमा गुडेको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो । फरार चालकको खोजीकार्य तिव्र पारिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ