उपलव्धि सम्झाउँदै काँग्रेसले भन्यो, सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
403
Shares
काठमाडौं। प्रजात्नत्र पूनर्स्थापना यताका बर्षहरुमा सबैभन्दा धेरै सत्तामा रहेको नेपाली काँग्रेसले सहि नीतिगत निर्णयहरु नगर्दा देश पछि परेको आरोप विपक्षी पार्टीहरुले लगाइहरँदा काँग्रेसले त्यसलाई खारेज गर्दै त्यसको जवाफ दिएको छ ।
प्रजातन्त्र पूनर्स्थापनाको केहि बर्ष वित्न नपाउाँदै सशस्त्र द्धन्दमा धकेलिएको देशलाई सहि बाटोमा ल्याइ शान्ति प्रक्रियालाई निकष्कर्षमा पुर्याउन नेतृत्व गरेको काँग्रेसले विगत २५ बर्षमा जे जति विकास र प्रगति भएका छन त्यसमा आफ्नो सरकार र आफ्नो नेतृत्वको सरकारले लिएका सहि नीतिको परिणाम भएको दावी गरेको छ । यद्यपी यस समयमा राजाको प्रत्यक्ष शासनकाल, कम्युनिष्ट सरकार र त्रिशंकु संसदको परिणामस्वरुप बनेका सर्वदलीय सरकारहरु भएपनि काँग्रेसको सहि नीतिको भरमा देशमा विकास भएको काँग्रेसको दावी छ ।
काँग्रेसले आफ्ना उपलव्धीहरु एकपछि अर्को गर्दै आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न थालेको छ । बि.सं २०४८ देखि २०७३ सम्म को बिगत २५ बर्षमा नेपाली कांग्रेसको नेतृत्वमा देशको विभिन्न क्षेत्रमा भएका नीतिगत सुधारका उपलव्धिहरुलाई उसले जनमानसमा ल्याएको छ। तथ्यगत रुपमा काँग्रेसले जनतालाई यो कुरा बुझाउन खोजेको छ काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले काँग्रेसले गरेका कुरालाई नजरअन्दाज गर्दै काँग्रेसलाई रक्षात्मक बनाउनेहरुलाई जवाफका लागि मात्र नभइ यो जानकारी काँग्रेसले गरेका कामलाई जनतालाई सम्झाउन पनि ल्याएको बताए ।
आर्थिक क्षेत्रमा भएका केहि नीतिगत सुधारका उपलव्धिहरुमा काँग्रेसले २५ बर्षमा आर्थिक क्षेत्रमा के फरक भयो भनेर सम्झाएको छ । २५ बर्ष अघी २०४८ सालमा ५ वटा बैङक तथा वित्तीय संस्था रहेकोमा २०७३मा ११७ पुगेको छ । कुल ग्राहस्थ उत्पादनमा राजस्वको अनुपात ९ प्रतिशत रहेकोमा २५ बर्षपछि २०७३ मा २३ प्रतिशत पुगेको काँग्रेसले जनाएको छ । वजेटमा विदेशी अनुदान र ऋणको अनुपात ३६ बाट घटेर १४ प्रतिशतमा झरेको पनि काँग्रेसले जनाएको छ । गरिविको रेखामुनी रहेका नागरिकको संख्या ४९ प्रतिशतबाट झरेर २१ मा झरेको पनि काँग्रेसले लिएको नीतिगत स्पषटताका कारण भएको उल्लेख गर्दै यहि स्पष्टवादी र सबैलाई जोड्ने काँग्रेसलाई मत दिएर स्थानिय तहको चुनावमा सहयोग गर्न मतदाताहरुसँग आग्रह गरेको छ ।
कांग्रेसका प्रचार प्रसार उपसमितिका सहसंयोजक गगन थापा यसैलाई पुष्टी हुनेगरि भन्छन्, 'काँग्रेस गरीबीको बितरणमा हैन, आम नेपालीको समृद्धिमा बिश्वास गर्दछ।'