काठमाडौं । पर्साको बीरगञ्जमा आगलागी हुँदा १६ घर जलेर नष्ट भएका छन्। बीरगंज उपमहानगरपालिका वडा नं २१ पटेलनगरमा बुधवार साढे १२ बाट सुरु भएको आगलागीमा परी १६ घर जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ।
बस्तीमा लागेको आगो निभाउनको लागि अहिले स्थानीयवासी प्रहरी र दमकल परिचालन गरिएको छ । आगलागीको विषयमा थप जानकारी अझै नआएको र क्षतिको विवरण पनि नआएको प्रहरीले जनाएको छ। आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।