स्पेनी फुटबल क्लब रियाल मड्रिडले प्रशिक्षण शिविर नेपालमा राख्ने
प्रकाशित २०७४ वैशाख १३ बुधबार
479
Shares
काठमाडौं। युरोपको बहुचर्चित फुटबल क्लब रियाल मड्रिडले काठमाडौंमा प्रशिक्षण शिविरको आयोजना गर्दैछ। पाँच दिने प्रशिक्षणमा १८ बर्ष मुनीका खेलाडीहरुको सहभागिता रहने आञोजकले जनाएको छ।
शूभारम्भ एजुकेशन एण्ड स्पोर्ट्स टुर्सको आयोजनामा हुन लागेको उक्त प्रशिक्षण कार्यक्रमबाट एक जना उत्कृष्ठ खेलाडीले रियाल मड्रिडको शिंगापुरमा रहेको रिायल मड्रिड एकेडेमीमा पाँच दिनको निशूल्क प्रशिक्षणको अवसर प्राप्त गर्नेछन्।
आगामी जेष्ठ २२ देखि २६ गतेसम्म हुने उक्त प्रशिक्षण कार्यक्रम चोभारस्थित मोर्डन ईण्डियन स्कुलको मैदानमा हुनेछ। प्रशिक्षण कारयक्रमपछि सहभागीहरुले रियाल मड्रिड क्लबको फुटबल किट प्राप्त गरने आयोजले जनाएको छ।