arrow

निर्वाचन अधिकृतहरु फिर्ता

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
Jhapa_District.png

भद्रपुर । स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएका कारण झापामा निर्वाचनका निम्ति नियुक्ति भएर आएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । 

सात गाउँपालिका र आठ नगरपालिकाका निम्ति निर्वाचन आयोगबाट खटिएका कर्मचारी यही वैशाख ३ गते झापा आइसकेका थिए । 

प्रमुख निर्वाचन अधिकृत सुदर्शन पाण्डेबाहेक अन्य सबै निर्वाचन अधिकृत फिर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।

निर्वाचन तालिका फेरबदल नभएको भए मंगलबारै सबै निर्वाचन कार्यालय स्थापना भई सञ्चालनमा आउने कार्यक्रम रहेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ