काठमाडौं । सत्ताधारी तथा विपक्षी पाँच दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुले आसन्न स्थानीय तहको निर्वाचन र वर्तमान राजनीतिक निकासको विषयमा कुरा गरिरहेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकारले संसदमा छलफलमा ल्याएकाे संविधान संशाेधन विधेयकका विषयमा समेत छलफल भइरहेकाे बताइएकाे छ । सत्ताधारीले विधेयकमा विपक्षी दलकाे अाैपचारिक धारणा मागेका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागि छन् । बैठकमा राप्रपा र फोरम लोकतान्त्रिकका नेताहरु समेत सहभागि छन् ।
धैरै समयपछि अाेली र देउवा एकै साेफामा बसेकाे देखिन अाए ।