एमाले स्थायी समिति बैठक : संशोधन पास गर्न नदिने निर्णय
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
802
Shares
काठमाडौं । प्रमुख विपक्षी एमालेले सरकारले ल्याएको संविधान संशोधन पास हुन नदिने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले संविधान संशोधन गर्न नदिने निर्णय गरेको हो ।
यस्तै, बैठकले निर्वाचन आयोगले गरेका निर्णय र राखेका भनाईप्रति आपत्ति जनाएको छ । आयोगको लिखित रुपमा ध्यानाकर्षण गराउने निर्णय समेत भएको नेताहरुले बताएका छन् ।