प्रहरी प्रधान कार्यालय भन्छ: सिलवालसँग अदालतमा पेस गरेको कागजातबारे सोधपुछ
प्रकाशित २०७४ वैशाख १२ मंगलबार
131
Shares
काठमाडौं। प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन फारामको प्रतिलिपि प्राप्तिको स्रोत र वैधानिकता खुलाउने प्रयोजनले गठित छानबिन समितिले सोमबार पत्र दिई सोधपुछका लागि बोलाएको स्पष्ट गरेको छ।
प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले आज जारी गरेको विज्ञप्तिमा पत्र दिएपछि सिलवाललाई आफ्ना कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापासमेतलाई लिई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा आई सोधपुछ गरी सोही दिन साँझ उनको घरमै सकुशल पुर्याइएको उल्लेख छ। सो सम्बन्धमा सर्वोच्च अदालतमा आज जाहेर गरिसकिएको प्रहरीले जनाएको छ। रासस