पृथ्वी राजमार्गमा दुई ट्रक आपसमा ठोक्किए, एक जनाको मृत्यु, छ घाइते
प्रकाशित २०७४ वैशाख १० आइतबार
423
Shares
चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आइतबार बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नंको ट्रक बिहान दुर्घटना भएको हो ।
घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ । मृतक पुरुष रहेका र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
ट्रक ठोक्किएपछि राजमार्ग एकतर्फीमात्र सञ्चालनमा आएको छ । रासस