arrow

वडा अध्यक्षको उम्मेदवार हुन प्रधानाध्यापक सहित २ जनाले दिए राजीनामा

logo
प्रकाशित २०७४ वैशाख ९ शनिबार
Taplejung_District.png

ताप्लेजुङ। स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका लागि भिड्न ताप्लेजुङका तीनजना शिक्षकले राजीनामा दिएका छन् ।  काँग्रेस र एमालेद्वारा वडा अध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका हुन् ।  यसरी राजीनामा दिनेमा मिरेङ्देन गाउँपालिका– ७ स्थित सुर्के माविका प्रधानाध्यापक जयबहादुर खड्का, मैवाखोला गाउँपालिकाको फाकुम्बास्थित पाटी डाँडा निमाविका शिक्षक कुलप्रसाद लिम्बू र सिदिङ्मा गाउँपालिका– ७ सुरुम्खिमस्थित हिरिन्टार प्राथमिक विद्यालयका शिक्षक भुमिप्रसाद तामाङ रहेका छन् छ । 

सुर्के माविका प्रअ खड्काले काँग्रेसद्वारा मिरेङ्देन गाउँपालिका– ७ को वडा अध्यक्षको टिकट पाएका छन् ।  भने कुलप्रसाद लिम्बूले एमालेद्वारा मैवाखोला गाउँपालिका– ५ को वडा अध्यक्षको टिकट पाएको बताइएको छ । 

यता सिदिङ्मा गाउँपालिका– ७ को वडा अध्यक्षका लागि एमालेद्धारानै टिकट पाएपछि अस्थायी शिक्षक भुमी तामाङले राजीनामा दिएका हुन् ।  खड्का ३३ वर्ष, लिम्बू २३ वर्ष र तामाङ १९ वर्षसम्म शिक्षण पेसामा आवद्ध थिए । तीनै जना शिक्षकले अव राजनीतिमा होमिनकै लागि जिल्ला शिक्षा कार्यालय ताप्लेजुङमा राजीनामा बुझाएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ