चुनाबको मिति नजिकिदै जाँदा ठुला दलमा उम्मेदवार छान्न सकस
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
481
Shares
कञ्चनपुर । १९ वर्ष पछि हुन थालेको स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै आएपनि ठूला दलमा आकाँक्षीको संख्या बढी भए पछि उम्मेदवार छान्ने कार्यमा सकस भएको छ । चैत भित्रमा उम्मेदवारहरुको छिनोफानो लगाउने राजनीतिक दलहरुले बताए पनि गाउँ तथा नगर प्रमुखदेखि वडासम्मको पदहरुमा आकाँक्षीहरुको संख्या बढी हुँदा उम्मेदवार रोज्न कठिनाइ भएको हो ।
आगामी बैशाख ३१ मा निर्वाचन हुने भए पनि उम्मेदवारहरुको छिनोफानो गर्न दलहरूले देखाएको ढिलाइले गाउँ बस्तीमा चुनाबको रौनक देखिएको छैन । यद्यपि राजनीतिक दलका कार्यकर्ताहरुमा निर्वाचनको जोश घटेको छैन । आफ्नो नगर र वडाको प्रमुख पदमा कुन दलले कसलाई मैदानमा उतारने हो भन्ने कौतुहलता मतदाताहरुमा रहेको छ ।
बैशाख ३१ का दिन देशब्यापी रुपमा हुन गइरहेको स्थानीय निर्वाचनका लागि समयमै उम्मेदवार छनौट गरि सक्नु पर्ने भए पनि प्रमुख ठुला ३ दलमा आकाँक्षीहरुको संख्या बढी भए पछि छनौट प्रक्रियामा ढिलाई भएको दलका नेताहरुले बताएका छन । आउदो स्थानीय निर्वाचनमा मेयर र उप मेयर पदमा कञ्चनपुरमा प्रमुख दलहरुले उम्मेदवार छान्न नसक्दा मतदाता र स्वयं उम्मेदबारमा टिकट कसले पाउने अन्यौलता छाएको छ ।
आगामी स्थानीय चुनावका लागि पुनर्बास नगरपालिकामा ठूलो दल नेपाली काँग्रेसका मेयर पदका लागि १९ जना आकाँक्षीहरु रहेका छन । नेपाली काँग्रेस पुनर्बास नगर कमिटीले दिएको जानकारी अनुसार मेयर पदकालागी नगर सभापति यमप्रसाद पौडेल ,महासमिती सदस्य भरतबहादुर बिष्ट ,महाधिवेशन प्रतिनिधि हरु बिन्दु श्रेष्ठ ,बन्धु राना,शेरबहादुर बिक,वरिष्ठ नेता बिष्णु बास्तोला,जिल्ला कमिटी सदस्य डम्बरबहादुर बिष्ट ,ठाकुरप्रसाद बराल,तोयप्रसाद शर्मा,दिर्घसिह ठकुरी,शुकबहादुर तामाङ ,तारादत्त पनेरु,हरी अधिकारी,अ मर जन साँउद,दीपबहादुर तामाङ ९डिबि० ,पदम थापा,कृष्ण भक्त पौडेल ,कृष्णराज राना र छबिलाल खनियाले दाबेदारी गरेका छन् ।
दोस्रो दल एमाले बाट पुनर्बास नगर प्रमुखको पदमा जिल्ला कमिटी उपाध्यक्ष जीवनराज थापा,बिरबल बिक,फैरु तामाङ ,स्थिरप्रसाद घिमिरे,रामचन्द्र नेपाल र डिल्ली प्रसाद शर्माले आफ्नो दाबेदारी गरेका छन् ।माओबादी केन्द्रका जिल्ला संयोजक बीरबहादुर थापा,रामबहादुर देबकर,दिपक बिसी ,दिपक तिमिल्सिना ,रमेश थापा र दलबहादुर तामाङले पुनर्बास नगरपालिकाका लागि मेयर पदमा दाबी गरेकाछन ।
उपमेयर पदका लागि नेपाली काँगेसबाट गिता बस्नेत,कल्पना स्रेष्ठ, मुलिया राना र चमेली तामाङले दाबेदारी दिएका छन । एमालेबाट पुर्णाकुमारी गुरुङ ,शुशिला खत्री,शारदा बिष्ट र भगवती मल्लले उप मेयर पदकालागी दाबेदारी गरेका छन् । यो समाचार तयार पार्दा सम्म माओवादी केन्द्रका उप मेयर पदका आकाँक्षी हरुको नामावली प्राप्त हुन सकेन ।