काठमाडौं । विजय कुमार गच्छदार नेतृत्वको मधेसी नेपाल लोकतान्त्रिक फोरम र र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच विहीबार पार्टी एकीकरण भएको छ ।
यसअघि शिवलाल थापा, यसोदा लामाको पार्टी मिलेर नेपाल लोकतान्त्रिक फोरम भएको थियो । अब पार्टीको नाम नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको छ । एक हप्ताभित्रै एकता महाधिवेशन गर्ने र पार्टीको नाम तथा जिम्मेवारी टुंगो लगाउने थरुहट तराई पार्टी नेपालका नेता एवम् सांसद गोपाल दहितले कार्यक्रमबीचबाटै जानकारी दिए ।
यसअघि थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरी सत्गौवा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी थिइन् । थरुहटको दुई सिट रहेको मध्ये अब गोपाल दहित नयाँ पार्टीमा सांसद थपिएका छन् । गच्छदासँग अब १८ जना सांसद भएका छन् । संसदमा फोरम लोकतान्त्रिकको १४, जनमुक्ति पार्टीको २ र दलित जनजाति पार्टीको १ सिट थियो ।