arrow

वर्ष २०७३ : दुःखद् घटनाक्रम

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
Madhav-ghimire_acc.jpg

वर्ष २०७३ मा राजनीतिक उतार चढाव मात्रै रहेन । ठूलठूला सडक दुर्घटना भए । जाजरकोटमा भएको बस दुर्घटना देखि कयौँ सवारी दुर्घटना भए । यस्तै, कञ्चनपुर गोलीकाण्ड देखि पानामा पेपरमा नेपालीको नाम रहेको सम्मका घटनाक्रम भए ।
 

कञ्चनपुर गोली काण्ड
कञ्चनपुरको आनन्द बजारमा भारतको सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा सम्बन्धी विवादमा गोली चलाउँदा नेपाली नागरिक आनन्द बजारका गोविन्द गौतमको मृत्यु भयो । फागुन २६ गते नेपाली भूमिमा आएर एसएसबीले गौतमको हत्या गरेपछि भारत विरोधी स्वर झन् चर्कियो । उक्त घटनाले नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई बढी चिस्यायो । घटनाको सन्दर्भमा भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिलाई नेपाल सरकारले खारेज गरेपछि त्यसको तरंग नयाँदिल्लीसम्म पुग्यो । त्यसपछि भारतको गृह मन्त्रालय उच्चस्तरीय छानबिन गरी दोषीलाई सजाय तथा पीडितलाई क्षतिपूर्ति दिने निर्णय गर्न बाध्य भयो ।  गौतमलाई नेपाल सरकारले शहीद घोषणा गर्दै अन्त्येष्टिमा राष्ट्रिय सम्मान दिएको थियो ।
 

अफ्गानिस्तानमा १३ नेपालीको निधन
स्वदेशमै रोजगारी सिर्जना गर्न नसकेको भन्दै सरकारको कडा आलोचना हुँदै आएको छ । नेपालीहरु असुरक्षित र अव्यवस्थित रुपमा विदेशी भूमिमा पसिना बगाउन बाध्य भएको भन्दै कयौँ आलोचना हुन्छ । यसैक्रम वर्ष २०७३ को तेस्रो महिना असारमा अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा सुरक्षा गार्डका रूपमा कार्यरत् १३ नेपाल नेपालीहरूको मृत्यु भयो ।  प्रतिबन्धित् मुलुकमा १३ नेपालीको असार ६ गते बम विस्फोटमा मृत्यु भएपछि सरकारको कडा आलोचना भयो । सरकारले आफ्नै खर्चमा शब भने नेपाल ल्याइदिएको थियो ।

सडक दुर्घटनामा कमि आउन सकेन
वर्ष २०७३ मा सडक दुर्घटनामा कमी आउन सकेन । कयौँको मृत्यु भयो ।  चालकको लापरवाही, सडकको दूरावस्थाका कारण सवारी दुर्घटना भएको निष्कर्ष निकालिएपनि यसलाई कमी ल्याउन कुनै प्रभावकारी कदम चालिएन ।

चर्चित को–को रहेनन् ?
– २०७३ को सुरुमै बैशाख १२ गते थिन्ले डेन्डुपको दुर्घटनामा ज्यान गयो । डोल्पा जिल्लाको परिवेशमा निर्माण भएको चलचित्र ‘क्याराभान’का नायक थिन्लेको डोल्पा सदरमुकामबाट आफ्नो गाउँ फर्किदा घोडाबाट भीरमा खसेर मृत्यु भयो ।

– जेठ २५ मा बरिष्ठ संगीतकार अम्बर गुरुङले देहत्याग गरे । नौलाखा तारा उदाए गीतबाट संगीत यात्रा सुरु गरेका गुरुङका सयौं सिर्जना कालजयी छन् । ‘सयौ थुंगा फुलका हामी ‘’ राष्ट्रिय गानको सर्जक पनि थिए गुरुङ ।

– भदौं ९ मा चर्चित गीत ‘वारी जमुना पारी जमुना पारी जमुना’ का गायक खेमबहादुर गुरुङको काठमाडौंमा मृत्यु भयो ।

– भाद्र ११ मा जनजाति आन्दोलनमा अग्रणी एवं पूर्बमन्त्री गोरेबहादुर खपाङ्गीको मृत्यु भयो । खपाङगी तत्कालीन राजा ज्ञानेन्द्र शाहकालमा महिला तथा बालबालिका मन्त्री बनेका थिए ।

–भदौ २८ मा गायक, एरेन्जर तथा गिटारिष्ट सुनिल बर्देवाको निधन भयो । कुनै समय ‘गोरेटो अनि उस्तै छ गल्ली’ बोलको गीतबाट चर्चा पाएका बर्देवाले हजार भन्दाबढी गीतमा ‘एरेन्जर’को रुपमा काम गरेका थिए ।

– असोज ९ मा पूर्वगृहमन्त्री तथा मुख्य मुख्यसचिव माधव घिमिरेले दुर्घटनामा ज्यान गुमाए । दोस्रो संविधानसभाको निर्वाचन गराउन खिलराज रेग्मी नेतृत्वमा गठित सरकारमा घिमिरे गृहमन्त्री थिए ।

–मंसिर २४ मा बिभिन्न टेलिश्रृखलामा हास्य कलाकारका रुपमा चर्चित ‘लाजाराम’ नामले परिचित आरपी भट्टराईको निधन भयो ।

– पुस १ मा मुस्ताङका ३४औं पूर्वराजा जिग्मे पलवर बिष्टको ८६ बर्षको उमेरमा निधन भयो ।

– पुस १४ मा साहित्यकार कमलमणि दीक्षितको निधन भयो । दीक्षित मदन पुरुस्कार पुस्तकालय र मदन गुठीका संस्थापक तथा अध्यक्षसमेत भएका थिए ।

–माघ १ गते युवा जगतमा पछिल्लो समय निकै चर्चामा रहेका र्‍यापर यूवा गायक अनिल अधिकारी (यमबुद्ध) ले ३० बर्षको कलिलै उमेरमै मृत्युबरण गरे ।

– वर्ष २०७३ मै माओवादी केन्द्रका सांसद भक्ति पाण्डे (चाचा) र नेकपा एमालेकी सांसद दुलारीदेवीको निधन भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ