कपिलवस्तुमा भयानक आगलागी हुँदा ५९ घर गोठ जलेर नष्ट, एक घाइते, २५ बाख्रा जले
प्रकाशित २०७३ चैत ३१ बिहिबार
514
Shares
मणि प्रसाद गैेह्रे । कपिलवस्तु । शिवराज नगरपालिका १० शितलापुर गाउंमा आगलागी हुँदा ५९ घर गोठ जलेर नष्ट भएको छ ।
बुधवार करिव ११ बजेको समयमा मन्नन मियाँको घरबाट लागेको आगोले विकराल रुप लिएको थियो ।
केही दिन यता तराइमा दिउसो पश्चिमी तातो हावा हुरीको कारण आगो एक ठाउंमा लागेपछि सो गाउंका सवै जसो घरमा फैलीएको थियो ।
शितलापुर गाउको दक्षिण टोलमा रहेका ५९ घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगोबाट स्थानीय ४५ बर्षीय सिताराम लोनिया घाइते भएका थिए । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।
आगलागीबाट बसीर मियाँको १३, मन्सुर मियाँको ४, मन्नन मियाको ४ र सत्यनारायण यादवको ४ बाख्रा मरेका छन् ।
आगलागी पश्चात प्रमुख जिल्ला अधिकार विष्णु प्रसाद ढकाल, जिल्ला प्रहरी प्रमुख भोजजगं शाहको टोलीले आग्नी पिडित वस्तीको अवलोकन गरेका थिए ।
प्रजिअ ढकालले प्रत्येक अग्नी पिडितलाई रु १० हजारको दरले राहत दिने प्रतिबद्धता जनाउँदै तत्काल रु ५ हजारको दरले अग्नी पिडितहरुलाई वितरण गरे ।
कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानिय नागरिकको सहयोगले आगो दिउँसो करिब ३ बजे नियन्त्रणमा आएको थियो ।
आगोले यो गर्मीको मौसममा सितलापुरवासीलाई खुल्ला आकाश मुनी बस्न बध्य बनाएको छ ।
विगतका वर्षहरुमा समेत कपिलवस्तुमा गर्मी मौसम सुरुवातसंगै सयौं घरहरु जलेर नष्ट भएका थिए । सावधानी नपनाउँदा आगोलागीबाट समस्या भोग्नु परेको जानकारहरु बताउँदछन् ।