काठमाडौं। नेपाल प्रहरीमा केन्द्रीय कार्यालयले देशभर सर्कुलर जारी गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मन्त्रीपरिषदको आजको बैठकले प्रहरी महानिरीक्षक नियुक्ती गर्ने भनिएसगै तयारी अवस्थामा रहन सर्कुलर जारी गरेको हो।
अर्कोतर्फ चुनावी माहोल समेत बन्दै गएको कारण समेत सचेत रहन भनिएको हुन सक्ने एक जिल्लाका प्रहरी प्रमुखले बताएका छन्। यो सर्कुलरसगै सबै तहका प्रहरीहरु तयारी अवस्थामा राख्न थालिएको छ। कार्यसम्पादनमा कसले बढी अंक ल्याउने हो सोही ब्यक्तिलाई प्रहरी महानिरिक्षक बनाउने तयारी गरिएको छ। महानिरिक्षकको यो दौडमा डिआइजीहरु प्रकाश अर्याल र नवराज सिलवाल अगाडि देखिएका छन्। बिशेष अवस्थामा मात्र यस्तो सर्कुलर आउने समेत ती प्रहरी अधिकारीले बताएका छन्।