सिन्धुली। निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताएका छन्।
सिन्धुलीको धुराबजारमा निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षक तालिमको उदघाटन सत्रमा बोल्नुहुँदै सचिव मैनालीले हिमाल, पहाड र तराईमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम छ भने।
निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको अवस्थामा निर्वाचनको मिति सर्ने सम्भावना नभएको उनको भनाइ थियो। उनीले भन्छन् “अहिलेसम्म केही जिल्लाका मतदाता परिचयपत्र छपाइ सकिएको र बाँकी जिल्लाको पनि छपाइ कार्य सम्पन्न गरी बैशाख २७ गतेभित्र सबै जिल्लाका मतदान स्थलमा पुर्याइनेछ।”
सो प्रशिक्षक तालिममा सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ। रासस