arrow

'स्थानीय तहको निर्वाचन एकै चरणमा'

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
Gopmainalielectioncommition.jpeg

सिन्धुली। निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताएका छन्। 


सिन्धुलीको धुराबजारमा निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षक तालिमको उदघाटन सत्रमा बोल्नुहुँदै सचिव मैनालीले हिमाल, पहाड र तराईमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम छ भने। 

 

निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको अवस्थामा निर्वाचनको मिति सर्ने सम्भावना नभएको उनको भनाइ थियो। उनीले भन्छन् “अहिलेसम्म केही जिल्लाका मतदाता परिचयपत्र छपाइ सकिएको र बाँकी जिल्लाको पनि छपाइ कार्य सम्पन्न गरी बैशाख २७ गतेभित्र सबै जिल्लाका मतदान स्थलमा पुर्‍याइनेछ।” 

 

सो प्रशिक्षक तालिममा सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ