टोलटोलबाट काँग्रेस प्रवेश गर्ने देखेर एमाले, माओवादी र राप्रपाको यसरी सातो गयो
शम्भु यादव,
प्रकाशित २०७३ चैत २८ सोमबार
13.4k
Shares
लहान। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस नगर समितिले लहान नगरपालिकाको प्रत्येक वडा–वडामा कार्यकर्ता भेला गरिरहेका छन्। यस्तै, विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेहरुको ओइरो लागेको छ। आइतवार वडा नम्बर १८ मा अन्य पार्टी परित्याग गरी ४५ घरधुरीका २ सय कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन्।
प्रवेश गर्नेहरुमा एमाले, फोरम लोकतान्त्रिक, राप्रपाका कार्यकर्ता रहेको नगर सभापति सुनिल महतोले जानकारी गराए। सिता पासमान, विन्दीलाल चौधरी, नथु सदाय, फतुरी सदाय, हिराई चौधरी, होम बहादुर थापा मगर, पुर्णबहादुर थापा मगर, श्यामबहादुर थापा मगरसहित २०० भन्दा बढी काँग्रेसमा प्रवेश गरेको सभापति महतोले बताए।
प्रवेश गर्नेहरुलाई नगर सभापति महतो, महिला सघंकी केन्द्रिय सदस्यद्वय संगिता कर्माचार्य, उसा राउत, क्षेत्रिय सभापति अछमितलाल चौधरी, नेता महेश चौधरी लगायतले स्वागत गरेका थिए। यस्तै, वडा नम्बर २४ गोविन्दपुरमा एमाले र मधेशवादी दलका विभिन्न स्थानीय नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन्। एमाले पुर्व गाउँ कमिटि अध्यक्ष राम नारायण यादव, सुरेश यादव, लालबहादुर परियार, विनोद साह, उमेश यादव, जुरी ठाकुरलगायत ७ सय जनाले काँग्रेस पार्टीमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई साँसद पदमनारायण चौधरी, जिल्ला सभापति रामचन्द्र यादवले स्वागत गरेका थिए।
यसैविच, बैशाख ४ गते लहान १३, १४ मा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न लागेको नगर सभापति महतोले जानकारी गराए । उनले एमाले, माओवादी, मधेशवादी दलका नेता कार्यकर्ता पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गर्ने बताए ।
गाउँ–गाउँमा सभापतिको कार्यकर्ता भेटघाट
स्थानीय निर्वाचनमा कार्यकर्तालाई सक्रिय बनाउनका लागि साँसद एवं सिरहा पार्टी सभापति रामचन्द्र यादवले गाउँ–गाउँमा दिनुह कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिव्रता दिएको छ। २६ गते धनगढीमाई नगरपालिका ९ मा कार्यकर्ता भेला गरेका छन् भने २५ गते लक्ष्मीपुर गाउँपालिका १ रामपुर पिपरामा भेला सम्पन्न गरेका हुन्। त्यहाँको भेला मधेशवादी र नेकपा माओवादी केन्द्र परित्याग गरी सितल यादवको नेतृत्वमा २ सय भन्दा बढी काँग्रेसमा प्रवेश गरेका छन्।
गाउँ–गाउँमा पार्टी सभापति लगायतका नेताहरुले भेटघाटलाई तिव्रता दिएपछि काँग्रेस कार्यकर्तामा उत्साह थपिएका छन्। निर्वाचनमा अनावश्यक हल्ला गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेसी मोर्चामा सहभागी दलहरु भने गाउँगाउँमा काँग्रेसको लहर बढेको देख्दा अचम्ममा पर्ने गरेको स्थानीयहरु बताउँछन्। एक स्थानीयको समूहले भन्यो, ‘उनीहरुको त काँग्रेसी जनलहर हेर्दा सातै गएको छ नि ।’