arrow

अधिकतम सहमतिको आधारमा संशोधन अघि बढाउने निर्णय

logo
प्रकाशित २०७३ चैत २५ शुक्रबार
Congres-FNL.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसले सहमतिको आधारमा संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेको छ । शुक्रबार व्यवस्थापिका संसद् भवन नयाँ वानेश्वरमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको काँग्रेस नेता आनन्द प्रसाद ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार बैठकले मूलतः दुई विषयमा निर्णय गरेको छ । जसमा सहमतिकै आधारमा संविधान संशोधन विधेयक अघि बढाउने र मधेश केन्द्रीत दलहरुलाई पनि निर्वाचनमा संलग्न गराउनको लागि निर्वाचन अघि नै संशोधन अघि बढाउने रहेका छन् ।

बैठकमा स्थानीय निर्वाचनको लागि नेपाली काँग्रेसले के कस्तो रणनीति बनाउने भन्ने विषयमा सांसद्हरुको राय माग गरिएको थियो । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव,  पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, महेश आचार्य लगायत २३ जना सांसद्हरुले स्थानीय तह निर्वाचन घोषणा पत्र तथा संविधान संशोधन सम्बन्धि विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

सोही छलफलको आधारमा बैठकले सांसदहरु, केन्द्रीय सदस्य तथा बुद्धिजीवीहरुबाट प्राप्त भएका राय, सल्लाह एवं सुझावहरुलाई लिपीबद्ध गरी प्रस्तुत भएका विषयहरुलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिद्वारा गठन  गरिएको स्थानीय तहको  निर्वाचन घोषणा पत्र तयारी समिति समक्ष पठाउने निर्णय भएको नेपाली काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ