arrow

रौतहटका एलडिओ बस्नेतले सीमा क्षेत्र कार्यक्रम बेचेको खुलासा 

logo
प्रकाशित २०७३ चैत २५ शुक्रबार
rautahat-ldo-sima.jpg

रौतहट । रौतहट जिल्ला समन्वय समितिका प्रमुख स्थानिय विकास अधिकारी उमेश बस्नेतले सीमाक्षेत्र विकास कार्यक्रम बिक्री गरेको खुलासा भएको छ । 

गतवर्षदेखि रौतहट लगायत देशभरिका ८ वटा जिल्लाहरुमा तत्कालिन जिल्ला विकास समिति मार्फत संचालन गर्ने गरि केन्द्रबाट विनियोजित गरेको रकम रौतहटका स्थानिय विकास अधिकारी बस्नेतले आफू मातहतका कर्मचारीमार्फत २० देखि २५ प्रतिशत रकम लिई योजना बिक्री वितरण गरेको खुल्लासा हुन आएको हो । 

सीमाक्षेत्र विकास कार्यक्रम संचालन गर्न नियुक्त गरिएका कर्मचारीहरुसंग रकमी तालमेल मिल्न नसकेपछि एलडिओ बस्नेतले तालमेल हुने लेखाअधिकृत मनोज कर्णलाई कार्यक्रम संचालन गर्ने जिम्मा लगाएका हुन् । 

स्थानियस्तरमा सीमा बिक्री गरेपछि उत्पन्न हुने विवादलाई साम्य गर्न एलडिओ बस्नेतले जिल्लामा सक्रिय रहेका केही राजनीतिक दल तथा संचारकर्मीहरु समेतलाई कार्यक्रम वितरण गरेको प्रमाण फेला परेको छ । 

कार्यक्रम संचालनको लागि सुचना प्रकाशनको विवादबाटै उत्पन्न भएको समस्या संस्था छनौट प्रक्रियापछि सक्रिय संचारकर्मी र युवा नेताहरुको कारण तिव्र सक्रियता र विवाद पछि सार्वजनिक हुन आएको छ ।  

विदेश भ्रमणको बहानामा यही चैत १५ गते जिल्ला छाडेर हिंडेका बस्नेतले चैत १४ गते राति नै खाली (ब्ल्यांक) निर्णय पुस्तिका, कार्यादेश र सम्झौता पेपरमा हस्ताक्षर गरि रकम उठाउन तालमेलका कर्मचारी कर्णलाई हस्तान्रण गरि दिइ गएको प्रमाणसमेत फेला परेको छ । 

संस्था छनौट भई रकमी चलखेलको हल्ला चलेपछि विहिबार संचारकर्मी राकेशकुमार यादव, जयप्रकाश यादव, सत्येन्द्रप्रताप सिंह, शशिकुमार यादव, बकिल पटेल, संजिव कुमार गुप्ता सहितको ११ सदस्यीय टोलीले जिल्ला समन्वय समिति रौतहटबाट जानकारी माग गरेपछि सो घटना खुल्न आएको हो । 

यस सम्बन्धमा निमित्त स्थानिय विकास अधिकारी संजय साहले आफूलाई केही जानकारी नभएको बताएका छन् ।

सम्बन्धित कर्मचारी दिपेन्द्रकुमार यादवले आफू फाँट प्रमुख रहेता पनि आफु समेतलाई थाहा नभएको बताएका छन् । यता मनोज कर्णले जसले जहाँ जे गरे पनि आफूलाई कुनेै फरक नपर्ने प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ