arrow

उपप्रधानमन्त्री निधि राजीनामा दिँदै

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
bimalendra-nidhi.png

काठमाडौं । उपप्रधानमन्त्रीको वरियता विवाद गृहमन्त्री समेत रहेका विमलेन्द्र निधिकाे राजीनामासम्म पुगेको छ । कमल थापा उपप्रधानमन्त्री भएर सरकारमा आएदेखि प्रधानमन्त्री पुष्पकमल दाहालले हालसम्म वरियताक्रम मिलाउन सकेका छैनन् ।

वरियता विवादकै कारण प्रधानमन्त्री दाहालले साताव्यापी चीन भ्रमणको अवधिमा पनि कार्यवहाक प्रधानमन्त्रीको जिम्मा दिन सकेनन् ।

उपप्रधानमन्त्रीको वरियताको विवाद नमिलेपछि हालसम्म मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन भने, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि राजीजामा दिने मनस्थितिमा पुगेका छन् । निधिले राजीनामा दिने विषय र अब के गर्ने भन्ने विषयमा काँग्रेसका मन्त्रीहरुबीच छलफल भइरहेको छ । निधिले प्रधानमन्त्रीसँग अहिलेसम्म प्रस्ट कुरा नगरेको भन्दै नेतृत्वप्रति असन्तुष्टी जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ