arrow

इपीजी बैठक : १९५० सन्धिबारे भारतीय पक्ष फरक ढंगले प्रस्तुत

निर्णायक बैठक भारतमै

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
EPG_news_meet.jpeg
काठमाडौं । नेपाल र भारतबीचको दुईपक्षीय सम्बन्धका सन्धि र सम्झौताको अध्ययन गर्दै सरकारलाई सुझाव दिन गठित प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को तेस्रो बैठक फेरि अर्को पल्ट वृहत छलफल गर्ने गरी सकिएको छ ।
 
काठमाडौंको एउटा होटलमा दुई दिनसम्म चलेको बैठकमा विहिबार अपरान्ह सकिएको हो । बैठकमा तीनवटा विषयमा छलफल भएको बताइएको छ । यद्यपि,  नेपाल–भारत मैत्री सन्धिको समय सापेक्षता र व्यवहारिक नदेखिएको विभिन्न चार धारा परिवर्तन गर्न नेपालले उदाहरणसहितको प्रस्ताव राखेपछि भारतीय पक्षले सो विषयमा थप अध्ययन गर्न समय चाहिने भन्दै अर्को बैठकमा छलफल गर्ने सहमति जनाएको छ ।
 
अर्को बैठक आउँदो मे २९, ३० र ३१ मा भारतको देहरादुनमा हुने बैठकपछि भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । इपीजीको नेपालतर्फका संयोजक भेषबहादुर थापाले इपीजीको तेस्रो बैठक १९५० को शान्ति र मैत्री सन्धि पुनरावलोकन गर्न सकारात्मक भएको बताए । भारतीय पक्ष अर्को बैठकमा विस्तृत छलफल गर्न सकारात्मक भएको थापाको भनाई छ ।
 
बैठकमा १९५० को सन्धि, जलस्रोतसम्बन्धी सन्धि तथा सम्झौता र व्यापार तथा पारवहन सन्धि एवं सम्झौतामा नेपालले चाहिरहेको परिवर्तनमा भारतीय पक्षले थप अध्ययन गर्नुपर्ने धारणा राख्यो । सन्धि सम्झौताको विषय दुवैपक्ष सहमत भएर नै गरेको हुनाले यसलाई आफूहरुले पनि अध्ययन गर्नपर्ने उनीहरुले फरक ढंगले कुरा अघि बढाए ।
 
बैठकमा नेपालको तर्फबाट १९५० को शान्ति र मैत्री सन्धि संशोधन गर्न आवश्यक रहेको भन्दै चार बुँदाहरु प्रस्तुत गरिएको बताइएको छ । त्यो सँगै जलस्रोतमा दुई देशबीच भएको सन्धिको समीक्षासहित नेपाली धारणा, व्यापार तथा पारवहन सन्धिरसम्झौता विषयमा नेपालको चासोबारे पनि कुरा उठेको थियो । सन्धिको विषमया पूर्वमन्त्री निलाम्बर आचार्य, जलस्रोतको विषय सूर्यनाथ उपाध्याय र व्यापार तथा पारवहनको विषयमा राजन भट्टराईले राखे ।
 
ईपीजीको पहिलो बैठकमा पहिलो एजेन्डा नै १९५० को शान्ति तथा मैत्री सन्धिको असमानता हटाउने विषयमा प्रस्ताव भएको थियो । ती बुँदाहरु खारेज गर्ने वा समयसांपेक्ष पुनरावलोकन हुनुपर्ने एजेन्डा नेपालले प्रस्तुत गरेको थियो, दोस्रो बैठकमा नेपालले पुनः जोड दिएपछि भारततर्फका सदस्यले थप छलफल गर्नुपर्ने धारणा राखेका थिए । यो पल्ट नेपालले बस्तुगत र बुँदागत प्रस्ताव नै राखेको हो । बुँदागत प्रस्तावमा उदाहरणसहित र परिवर्तन गरिनुपर्ने कारण समेत उल्लेख भएका छन् ।
 
सन्धिको धारा २ मा उल्लेखित मैत्री सम्बन्धमा खलल पर्न जाने विषयमा समाचार दिने राष्ट्रले एक अर्काको सार्वभौमिता कुण्ठित भएको उल्लेख गर्दै यो विषय भारतको तर्फबाट कत्तिको पालना भएको छ भन्दै केही उदाहरण नेपालले प्रस्तुत गरेको थियो । यसैगरी, धारा ५ भारतीय बाटो गरी नेपालको सुरक्षाको निमित्त चाहिने हातहतियार, पाठपुर्जा, गोलीगठ्ठा ल्याउन गर्ने अधिकारमा समेत दुईपक्षीय समस्या पटकरपटक आएको र भारतले यसमा अनावश्यक दुःख दिएको विषय प्रस्तुत भयो ।
 
धारा ६ र ७ मा उल्लेख भएका छिमेकी मैत्रीभावको प्रतीकस्वरूप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका जनतालाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास, त्यस्तो विकाससम्बन्धी ठेक्काहरूमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्नेका साथै आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका जनतालाई निवास, सम्पत्तिको भोगचलन, व्यापार लगायतका विशेषाधिकारहरू कवुल गर्ने विषय जनसंख्या र अन्य धेरै कुराले भारतीयसँग समान हुन नसक्ने उल्लेख छ ।
 
भारतीय टोलीका दुई सदस्य जयन्तप्रसाद र महेन्द्र पी लामा विहीबार नै नयाँ दिल्ली फर्किएका छन् । भारतीय पक्षका संयोजक भगतसिंह कोशियारी र अर्का सदस्य बीसी उप्रेती शनिबार मात्रै स्वदेश फर्कनेछन् । टोलीले ईपीजी बैठक सकिएलगत्तै परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग संयुक्त भेटवार्ता गरेको छ । बैठक अघि उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ