arrow

रामचन्द्रलाई पूर्वराजदूत र पूर्वप्रशासकले भने- गुटगत रुपमा अघि बढे घातक

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
Ramchandra-Poudel-11.jpg.jpeg

काठमाडौं । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले पूर्व कुटनीतिज्ञ र पूर्व सुरक्षा अधिकारीहरुसँग सुझाव लिएको छ । समितिले वुधबार पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी पूर्वराजदूत, पूर्वप्रशासक र पूर्व सुरक्षा अधिकारीसँग परामर्श गरेको हो ।

परामर्शमा पूर्व कुटनीतिज्ञ, पूर्व प्रशासक र पूर्वसुरक्षा अधिकारीहरुले गुटगतरुपमा नभई पार्टी एक ढिक्का भएर चुनावमा जानुपर्ने सुझाव दिए । त्यसो गर्दा सबै हिसावले सुरक्षित हुने उनीहरुको भनाई छ । गुटगत रुपमा अघि बढे घातक हुने पूर्व अधिकारीहरुको तर्क छ ।
यस्तै, उम्मेद्वार चयनका सन्दर्भमा जानकारहरुले मूख्य तीन तत्वलाई ध्यान दिन सुझाए । पहिलो न्यायसंगत, दोस्रो विश्वसनीयता र तेस्रो आँट एवं सक्षमता हेरिनु पर्नेमा जानकारहरुको जोड छ । समिति संयोजक एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञहरुले दिएको सुझाव  महत्पूर्ण रहेको भन्दै घोषणा पत्रमा समेटिने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ