arrow

सहकारीलाई अंकुश लगाउने गरी ऐन निर्माण हुँदैन : मन्त्री थानी

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
mantri_thani_hetauda.jpeg
हेटौंडा। सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारीलाई अङ्कुश लगाउने गरी ऐन निर्माण नहुने बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थानीले राज्यभरिमा कूल ३४ हजार सहकारी पुगिसके भन्दै सहकारीको मर्म भन्दा बाहिरी गएर ऐन आएमा मन्त्रालयले स्वीकार्न नसक्ने स्पष्ट पारे । 
 
फरक प्रसंगमा मन्त्री थानीले चुनाव अपरिहार्य रहेकोले स्थानीय तहको चुनाव हुनु जरुरी रहेको बताए । जसरी भएपनि मधेशी मोर्चालाई मिलाएर नै निर्वाचनमा जानुपर्ने भन्दै कुन अवस्थामा चुनाव गर्दा देशले निकाश पाउँछ त्यही अवस्थामा चुनाव हुने स्पष्ट पारे । त्यस्तै, मन्त्री थानीले मन्त्रालयले अहिले सहकारी ऐन निर्माणको काम थालिरहेको बताउँदै सहकारीलाई अङ्कुश लगाउने र अरुको हालिमुहाली चल्ने ऐन निर्माण भए यसलाई आफूले पारित हुन नदिने स्पष्ट पारे । 
 
मन्त्री थानीले “बरु मन्त्री पदबाट राजीनामा दिन तयार छु तर सहकारीलाई अङ्कुश लगाउन दिन्न,” भन्दै सहकारीमा देखिएको विकृति र कालोधन प्रवेश रोक लगाउन सहकारीकर्मीले सरकारलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। कार्यक्रममा प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहाल, काँग्रेस मकवानपुरका महासमिति सदस्य दिनेश उपाध्याय, पत्रकार महासंघ मकवानपुर जिल्ला सचिव गणेश दर्पण अधिकारी, प्रेस युनियन मकवानपुर जिल्ला सदस्य सुनिल शिवाकोटी लगायतको सहभागिता थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ