arrow

रामनवमीमा पूर्व राजाको शुभकामनाः अहिलेको सत्ताशैलीप्रति रुष्ट

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
Gyanendra-shaha.jpg.jpeg
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नु परेको चर्को खडेरीको रुपमा औंल्याएका छन् ।
 
रामनवमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै पूर्व राजाले भगवान रामले देखाएको सत्यनिष्ठ, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टड्कारो आवश्यकता परेको भन्दै अहिलेको सत्ताशैलीलाई चेतावनी दिएका हुन् । 
 
विज्ञप्ति जारी गर्दै पूर्व राजाले अहिलेको सत्ता सत्यनिष्ठ नभएकोसमेत जिकिर गरेका छन् ।
 
रामनवमीको अवसरमा शुभकामना दिँदै उनले यस पर्व विशेषले नेपाली भूलोकमा सबैलाई ‘सबैको हित गरौं’ भन्ने दिव्य आदर्श दिन सकोस् पनि भनेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ