arrow

साउने झरी नलाग्दै राजधानीमा यस्तो कन्तविजोग

‘घरभित्र ढल पस्यो, पुलिस फोटो खिचेर गयो’

logo
प्रकाशित २०७३ चैत २२ मंगलबार
news-pani-paseko.jpeg

काठमाडौं । साउने झरी नलाग्दै राजधानीको नयाँ बसपार्क क्षेत्रमा घरभित्र लेदो पस्न थालेको छ । ‘तीन दिन भइसक्यो । घरभित्र पसेको लेदो र पानी सुकेको छैन’ मनमैजु जाने बाटोमा जीरो प्वाइन्ट डान्सबार चलाउँदै आएका मोहन विष्टले गुनासो पोखे ।

उनका अनुसार यो वर्षात्को पानी नभई करिडोर सुधारका लागि बनाउँदै गरेको संरचनाले निम्त्याएको आपत् हो । उनले अगाडि भने, ‘खोलाको पानी भन्दा पनि ढल नै छिरेको हो । गन्हाएर बस्नै सकिँदैन । छिमेकीको त उठिबास लागिसक्यो । तर, हाम्रो सारा सामान भित्रै छ । तत्काल कहीँ सर्ने अवस्था रहेन ।’

खोलामा शर्मा कम्पनीले करिडोर सुधारको काम गरिरहेको छ । उनले अगाडि भने, ‘खोलामा ड्याम भएपछि पानी भरियो । सबै ढल खोलामै जोडिएको छ । ढलभन्दा माथि पानीको सतह भएपछि ढल खोलामा बगेन घरभित्र पस्यो । तीन दिन देखि हामी भित्र पस्न पाएकै छैनौँ ।’

स्थानीय प्रहरीलाई खबर गर्दा फोटो खिचेर त लानु भो त्यसपछि केही प्रतिक्रिया आएन । विष्टले भने, ‘सँगै रहेको रुकुमेली खाजा घर त उठ्यो । हाम्रो भित्तो पनि प्लाइले बनाएकाले सबै खराब भो । सोभाहरुमा ढल पस्यो । गन्हाएर टिक्नै सकिँदैन ।’

तीन दिन ठेकेदारको पछि लागेपछि खोलाको पानी आउन हट्यो तर, भीत्रको ढल सुकेन, उनले भनेका छन् । यसमा ठेकदारले लापर्वाहि गरेको भन्दै उनले आफुहरुको क्षतिपूर्ति कसले भरीदिने भने ? ढल पसेपछि व्यवसाय ढप्प त भयो नै भएभरको सबै सामानहरु काम नलाग्ने भयो ।

Image may contain: people sitting



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ